बालाजुमा स्कुटर दुर्घटना, दुई महिलाको मृत्यु

शुक्रबार, ०६ फागुन २०७३, १६ : ०५ नागरिक


काठमाडौं– बालाजु गंगाहलस्थित सडकमा शुक्रबार एक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई महिलाको मृत्यु भएको छ।

ना.५ ख ८४६५ नम्बरको ट्रकले बा.७७ प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक मकवानपुर मनहरी घर भएकी ३८ वर्षीया रिना कुमारी राईको उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।  स्कुटर पछाडी सवार धादिङ्ग घर भएकी ३० वर्षीया सोनिया थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ।

ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीको केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ।









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...