coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका)

काठमाडाैं– त्रिभुवन विश्वबिद्यालयले स्ववियु निर्वाचनका लागि तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ।

विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे।

त्रिवि कार्यकारी परिषद्को शुक्रबारको बैठकले सार्वजनिक गरेकाे नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने । त्यसै दिन २ बजेसम्म मतदाता सूचीउपर दावी बिरोध गर्ने र फागुन १२ गते १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने तय भएकाे छ।

फागुन १२ गते १२ देखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको मनोनयत वितरण गरिने, १४ गते उम्मेदवारी दर्ता, १५ गते मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने तालिकामा उल्लेख छ। १५ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ र ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

१८ गते हुने निर्वाचनको समय ताेक्न भने क्याम्पसहरूलार्इ नै स्वतन्त्रता दिइएकाे छ।

यस्ताे छ तालिका

प्रकाशित: ६ फाल्गुन २०७३ १२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App