किर्ते गरेर शिक्षक पदपूर्ती गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

शुक्रबार, ०६ फागुन २०७३, १८ : ४९ बिरा गडाल

बैतडी– किर्ते कागज बनाएर फरार रहेको आरोपमा बैतडीको उदयदेव गाविसको पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक रमेशदत्त ओझालाई प्रहरीले पक्राउ गरेको छ।

गएको असारमा विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको दस्तखत किर्ते गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिले जाहेरी दर्ता गरेकै दिन देखि फरार रहेका ओझालाई हिजो बिहीबार बैतडीको गोठलापानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिए ।

पक्राउ परेका ओझालाई बिहीबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान थालिएको समेत उनले बताए। ओझालाई लागेको आरोप प्रमाणित भएमा सरकारी कागज किर्ते दस्तखत मुद्दाअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ।

उजुरी दर्ता गरेकै दिनदेखि फरार रहेका ओझालाई सदरमुका गोठलापानीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 









यसमा तपाईको मत

Loading...

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको...

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा...

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते...

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर...