जलस्राेतबारे बुझ्न १२ सदस्यीय नेपाली टोली भारत र बङ्गलादेशकाे यात्रामा

शुक्रबार, ०६ फागुन २०७३, १८ : ५६ नागरिक


नवलपरासी, ६ फागुन । जलको वास्तविक अवस्था बुझ्न एक नेपाली टोलीले भारत हुँदै बङ्गलादेशको यात्रा सुरु गरेको छ । बाह्र सदस्यीय अनुगमन टोली भारत हुँदै बङ्गलादेशतर्फ गएकाे हाे।

टोली अहिले भारत पुगेको टोलीमा सहभागी जलअभियानकर्मी नारायण भण्डारीले जानकारी दिए। अन्तरदेशीय नदीमा जल सुशासनका लागि जल पदयात्रा दुई साताको रहने छ

सो टोलीमा जल अभियानकर्मी, गण्डक पीडित समुदायका प्रतिनिधि, गण्डक क्षेत्रमा काम गर्ने सामाजिक सङ्घसंस्थाका प्रतिनिधि छन्। टोलीले भारत र बङ्गलादेशका जलको वास्तविक अवस्था, जल अधिकारको अवस्था, एक देशले अर्को देशलाई गर्न सक्ने जलसम्बन्धी सहयोगबारे छलफल गर्ने गण्डक नदी सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले जानकारी दिए।

सो टोली एक देशबाट अर्को देश हुँदै बग्ने नदीको माथिल्लो तथा तल्लो तटीय अधिकारका लागि जागरण ल्याउने उद्देश्यले नेपालबाट भारत हुँदै बङ्गलादेशको राजधानी ढाकासम्म पुग्ने छ। भ्रमणका लागि नेपाली टोलीलाई एक्सन एडले आर्थिक सहयोग गरेको हो

विसं २०१६ मा भएको गण्डक सम्झौताअनुसार नेपाली पक्षले लाभ लिन नसकेको र पानीको बाँडफाँड सन्तुलित नभएको र भारतले सम्झौता कार्यान्वयनमा उदासीनता देखाएको भन्दै सम्झौता कार्यान्वयनका लागि दबाब दिनसमेत सो अभियान गर्न लागिएको अध्यक्ष केवटले बताए।

गण्डक क्षेत्रअन्तर्गत पर्ने ४० हजार हेक्टर क्षेत्रफल सिञ्चित हुनुपर्ने सम्झौतामा रहे पनि भारतले निर्माण भएको संरचनाअनुसार अहिले २५ हजार हेक्टर क्षेत्रफल मात्र सिञ्चित भइरहेकाले पूर्ण सिञ्चित क्षेत्र बनाउनका लागि पहल गर्नुपर्ने अवस्था छ। रासस

 









यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

'पहिला नेपाली फिल्म हेर्दा झुर लाग्थ्यो'

अभिनय क्षेत्रमा आउनुअघिसम्म नेपाली फिल्मप्रति अभिनेत्री सुरक्षा पन्तको धारणा सकारात्मक थिएन। नियमित फिल्म हेर्ने गरे पनि फिल्मप्रति उनको आलोचना तिखो...

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

विवादित बन्यो राष्ट्रिय कला प्रदर्शनी

आन्तरिक विवाद थाती राखेर सुरु भएको सातौं राष्ट्रिय ललितकला प्रदर्शनी विवादित बनेको छ। गलत कलाकृतिलाई पुरस्कृत गर्नेदेखि लिएर  प्रतिष्ठानका गतिविधी...

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

सायद २ को दोस्रो ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘सायद २’ ले दोस्रो ट्रेलर सार्वजनिक गरेको छ। आइतबार हाइलाइट्स नेपालको औपचारिक च्यानलमार्फत ‘सायद २’ को दोस्रो ट्रेलर...

प्रेमध्वज–दुर्गालालको ठट्टा

प्रेमध्वज–दुर्गालालको ठट्टा

श्रेष्ठले घोषणा गरे–‘कसैले प्रेमध्वज कहिल्यै रिसाएको, रिसाएर मुख बिगारेको देखेको भए भन्नु, तुरुन्तै १० हजार पुरस्कार ।’ प्रधानसँगै उपस्थित गलल...