भगिश्वर लिम्बु
तेह्रथुम- जिल्लाको फाक्चामारा गाबिस ५ मा बिद्युत सर्ट हुँदा ३ घर र ५ वटा कटेरा जलेर नस्ट भएको छ।
विद्युत सर्ट हुँदा वडानम्बर ५ बस्ने दुधराम लिम्बु, लक्ष्मण लिम्बुर राम लिम्बुको ढुंगा माटोले बनेको ३ घर र ५ वटा कटेरा जलेका हुन्।
आगलागीबाट भएको क्षतिको बिबरण संकलन भैहरेको जिल्ला प्रहरी कार्यालयका ईनिस्पेक्टर राम ढकालले जानकारी दिए। बेलुकी साढे ४ बजे तिर सुरु भएको आगलागी स्थानीयबासी र प्रहरीको सकृयतामा २ घण्टा पछि नियन्त्रणमा आएको थियो।
प्रकाशित: ६ फाल्गुन २०७३ १३:५५ शुक्रबार