coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

फलाम खानीको अध्ययन सुरु

बैतडी- बैतडीको दक्षिणीपूर्वी पुरचौडीको मल्लादेही र कोटिला गाविसको सीमामाफलामखानीथियो। स्थानीयले त्यही खानीबाट प्रशोधन गरी बनाएका भाडा अहिले पनिचलनचल्तीमा छन् तर फलामखानीको अध्ययननहुदाँओझेलमापरेको छ। मल्लादही–८ र कोटिला–७ र ८ को कालीढुंगामाभर्खरैखानीतथाभूगर्भ विभागले फलामखानीअध्ययन गरेको छ।विभागकादुईजनाभूगर्भविदले अध्ययन गरीमल्लादेहीमा सयौं वर्ष पहिले पनिफलामनिकालिएको र त्यहाँफलामखानी रहेको प्रमाणित गरेकाहुन्।

'सयौं वर्ष पहिले फलामनिकालिएको पाँच सयभन्दा बढी खाल्डा छन्,'उनले भने ‘रातो रातो रङको चट्टानमाचुम्बक राख्दातानिएकालेत्यहाँफलाम रहेको पुष्टि हुन्छ।’दशकौंअघिफलामनिकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिरारहेको समेत उनले बताए। 'संरक्षण र अध्ययनको अभावमातीखाल्डापुरिन थालेका छन्,' भूगर्भविद ढकालले भने, ‘बाहिरी आँखाले नदेखिने भएकाले थपअध्ययनगर्ने तयारी भएको छ।’

प्रारम्भिक अध्ययनपछि फलामखानीभएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्यचट्टानको अध्ययनमा टोलीलागेको छ। एक किलोमिटर क्षेत्रमा सयौं खाडलआधापुरिएको अवस्थामा रहेको अध्ययन टोलीले बताएको छ।

विभागले विभिन्न चरणमाअध्ययनगर्ने लक्ष्यलिएकाले अर्को वर्ष यस क्षेत्रमाजमिनमुनिको फलामको मात्राथाहाहुने दाबी गरेको छ। ती खाल्डाबाट कुनै यान्त्रिक मेसिनबिनाआगोमातताएर फलामप्रशोधन गरी भाडा बनाउने गरिएको स्थानीयशिक्षकपदनेश नगारीले बताए।

खानीविभागको टोलीत्यही ठाउँमा शिविर बनाएर दुई दिन बसेरअध्ययन अघि बढाएको हो।

भूगर्भविदले यो क्षेत्रमाखानी रहेको प्रमाणित भएपनिकच्चापदार्थको मात्राकति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्रथाहाहुने बताएका छन्। विभागले विभिन्न चरणका अध्ययनगर्ने लक्ष्यलिएकाले चैत महिनासम्मपुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्राथाहाहुने भूगर्भविदले दाबी गरेका छन्।

धेरै वर्षअघि स्थानियले खानीबाट उत्खनन गरेको फलामबाट घरेलु भाडा बनाउने गरेकाथिए। तर खानीतथाभूगर्भ विभागले गरेको अध्ययनपछि मात्रफलामखानी रहेको प्रमाणित भएको हो।स्थानीयले पनिलामो समयदेखि फलामखानीको अध्ययनकालागिविभागगुहार्दै आएकाथिए। अहिले आएर विभागले प्रारम्भिकअध्ययन गरेको हो। विभागको अध्ययनपछि स्थानीयउत्साहितभएका छन्।प्रारम्भिकअध्ययनमात्रै नभएर यसको विस्तृत अध्ययनहुनुपर्ने उनीहरुको माग छ।

विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायतमल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शकरपुरमाभौगर्भिक सर्वेक्षण गरेको छ।

विभागले तीनवर्षे योजनाअनुसार विभिन्न चरणका अध्ययनगर्ने लक्ष्यलिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्राथाहाहुने दाबी गरेको छ।

जिल्लाकाअन्य ठाँउमा पनिविभिन्नपदार्थकोखानी छन्। अध्ययननहुदाँतीखानीओझेलमापरेको जिल्लाविकास समितिका सूचनाअधिकृत बिक्रमबहादुर चन्द बताउँछन्। कुवाकोट, भटना, महारुद्र,सलेनालगायत क्षेत्रमाफलामखानी, चौलानी र जमाडी नदीकिनारमा सुन, कटौजपानी र मल्लदेहीमागन्धकपाइने गरेको स्थानीय बताउँछन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ०५:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App