coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कार्यालय पुग्न सधैँ ढिला किन?

ढिला गर्नेहरुप्रति प्रायः धेरैको नकारात्मक धारणा हुन्छ। ढिला गर्नेहरु असभ्य र अल्छ्याहा हुन्छन् भन्ने सोच्छन्। संज्ञानात्मक व्यवहारकी चिकित्सक हेरिएट मेलट भन्छिन्, ‘ढिला गर्नेहरु अव्यवस्थित, असभ्य र अराजक हुनुका साथै अरुबारे ध्यान नदिने व्यक्तिका रुपमा आलोचना गर्नु ज्यादै सजिलो छ। मेरो क्लिनिकमा आउनेहरुमध्ये ढिला गर्नेहरुप्रति म बढी नै रिसाउँछु।’

तर जहाँ पनि ढिला गर्नेहरु कम्तीमा अरुभन्दा व्यवस्थित हुन्छन् र तिनले साथीसंगी, परिवार र मालिकलाई खुसी बनाउन चाहन्छन्। डायना डिलोन्जरले हालै लेखेको पुस्तक ‘नेभर बि लेट अगेन’मा भनेकी छन्, ‘केहीलाई त अरुलाई पर्खाउनुमा ज्यादै रमाइलो लाग्छ। तपाईं विशिष्ट व्यक्ति हुनुहुन्छ भने ढिला हुँदा निको लाग्दैन तर पनि आलस्य तपाईंका लागि अभिशाप बनिरहन्छ।’

धेरै ढिला गर्नेहरुमध्ये अधिकांशले कि त दुर्घटनाको कि सञ्चो नभएको बहाना बनाउने गरेका छन्। तर अन्य किसिमका बहाना बनाउनु उति सजिलो छैन। ठूलो समस्या देखाएर मात्रै उनीहरुले अरुलाई ‘ठीकै छ नि त’ भन्ने बनाउँछन्।

सधैँ ढिला हुनु तपाईंको गल्ती नहुन सक्छ तर ढिला गर्ने मानिस आशावादी, संयम र व्यग्रताको कमी भएको हुन्छ। सन् २००१ मा सानडिएगो विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक जेफ कोन्टले एउटा अध्ययन गरेका थिए। अध्ययनमा उनले सहभागीहरुलाई दुई भागमा बाँडे। पहिलो भागमा महŒवाकांक्षी, प्रतिस्पर्धा रुचाउने र अर्कोमा चाहिँ रचनात्मक, चिन्तनशील र खोजी गर्न रुचाउने छानिएका थिए। उनीहरुले घडी नहेरी एक मिनेट बिताउन कति समय लाग्छ भनी सोधिएको थियो। पहिलो किसिमका मानिसहरुले लगभग ५८ सेकेन्ड बितिसकेपछि एक मिनेट बितेको बताएका थिए भने अर्को समूहका सहभागीहरुले ७७ सेकेन्डपछि मात्रै एक मिनेट बितेको भनी जानकारी गराएका थिए।

ढिला हुनुको धेरै कारण हुन सक्छ तर धेरैजसो कारण चाहिँ मानिस आफैँ हो। केही शोधकर्ताहरु चाहिँ यस्तो हुनुको मूल कारण मानसिक स्वास्थ्यको कमजोरी वा एक किसिमको न्युरोलजिकल अवस्थाले भएको बताउँछन्।

न्युयोर्कका मनोचिकित्सक तथा ‘हाउ टु बिट प्रोकास्टिनेसन इन द डिजिटल एज’की लेखिका डा. लिन्डा सैपाडिन भन्छिन्, ‘नियमित रुपमा ढिला हुनु सोचाइको समस्या तथा सोच्न असमर्थ हुनु हो।’

समयसीमाभन्दा ढिला हुनेले प्रायः सारा ध्यान डरमा लगाउँछन्। हुनुपर्ने चाहिँ डरबाट कसरी बौरिने भन्नेमा ध्यान लगाउनुपर्ने हो। यही डर नै उनीहरुको बहाना बन्न पुग्छ। सैपाडिन भन्छिन्, ‘..तर म यो कारणले ढिला भएँ भनेर धेरैले बताउने गरेका छन्। यही ‘तर’ सबै समस्याको जड हो। ‘तर’ छाड्नुस् र त्यसको सट्टा ‘र’बाट काम चलाउनुस्। ‘र’ले कामलाई कम चुनौतीपूर्ण मात्र बनाउने होइन कि डर पनि कम हुन थाल्छ।’

डिलोन्जरले आफू किन ढिला हुन्छु भन्ने कारण खोतल्दै गएपछि उनले थाहा पाइन्, हडबडीमा जुन रोमाञ्चकता हुन्छ, त्यसै कारण उनी ढिला हुन चाहन्थिन्। उनले जे कुरामा मजा आउँथ्यो, त्यसैलाई सुधारेर मात्र आफू परिवर्तन हुन सक्थिन्। र, उनले त्यही गरिन्। डिलोन्जर भन्छिन्, ‘जुन बेला मैले समयमै काम गर्छु भनेर लक्ष्य पाउने प्रयास गरेँ, त्यसपछि भरोसालायक व्यक्ति हुनुको महŒव बुझ्न थालेँ। त्यसपछि त म सधैँ असल व्यक्ति बन्नु प्राथमिकता बन्न थाल्यो।’

सैपाडिनको क्लिनिकमा आउनेहरुलाई उनी सल्लाह दिन्छिन्, ‘तपाईं ढिलो गर्नुहुन्छ, त्यसले तपाईंको इज्जत धुजाधुजा भएको छ भने अब त्यसबाट निस्कने प्रयास गर्नुस् र लक्ष्य बनाउनुहोस्। जो ढिला गर्छ, उसलाई पनि पाठ पढाउनुस्। मानौँ, ढिला आउनेलाई फिल्म हेर्न नकुरी एक्लै जाने वा कुनै प्रोजेक्टमा समावेश नगराउने। यसो गर्दा आफू एक्लिने डरले उसले काम समयमै पूरा गर्न सक्छ वा समयमै आउन सक्छ।’

भनाइ नै छ नि, ‘पुरानो बानी चाँडै छुट्दैन’ अनि नेपालीमा त अझ गज्जबको उखान छ, ‘आफ्नो बानी को छोड्छ, अरुको बानी को लिन्छ?’ तर परिवर्तन नै संसारको नियम हो।

बिबिसीमा लारा क्लर्कको रिपोर्ट

प्रकाशित: ८ फाल्गुन २०७३ ०६:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App