coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

स्पेनमा दूताबास खोल्न परराष्ट्रमन्त्रीलाई दबाब

काठमाडौं– युरोपियन युनियनका लक्जमबर्ग र बेल्जियमको भ्रमणका क्रममा परराष्ट्र मन्त्री प्रकाशशरण महतलाई स्पेनमा नेपाली राजदूतावास खोल्न त्यहाँ रहेका नेपालीहरुले दबाव दिएका छन्। भ्रमणमका क्रममा मन्त्री महत्तसँग ब्रसेल्सम भेट गरी उनीहरुले यस्तो दबाब दिएका हुन्।

गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य तथा स्पेनका लागि पर्यटन दूत एकराज गिरी, नेपाली जनसम्पर्क समिति स्पेनका संस्थापक अध्यक्ष तथा पर्यटन दूत चिन्तामणि सापकोटा तथा नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेसमेतले मन्त्री महतसँग गरेका थिए।

स्पेनमा नेपाली राजदूतावास खोल्नु पर्ने कारणहरुलाई बुदाँगत रुपमा आफूले मन्त्री महतसमक्ष राखेको र निणर्यका लगि राजनैतिक रुपमा छलफलको आवश्यकता रहेको मन्त्रीको भनाइ रहेको वार्तामा सहभागी पर्यटन दूत सापकोटाले बताए । मन्त्रीले स्पेनमा नेपाली दूतावासको आवश्यकता रहेको र त्यसका लागि आफूले सक्दो पहल पनि गर्ने आश्वासन दिएको उनले बताए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमले आयोजना गरेको उक्त कार्यक्रममा जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले स्पेनमा नेपालीहरुले भोगेका समस्याहरु तथा त्यसको न्यूनीकरणका लागि दूतावासको आवश्यकता रहेको भन्दै ज्ञापन पत्रसमेत बुझाएका थिए।

मन्त्री महतले यसअधि स्पेन जाँदा कतिपय ठाउँमा दूतावास खोल्दा विचारै न पुर्याएको र ती ठाउँहरुमा दूतावास हटाई स्पेनमा खोल्नुपर्ने भनी प्रतिबद्वतासमेत जनाएका थिए । तर, आफै परराष्ट्रमन्त्रीको पदमा रहँदा पनि उनले प्रतिबद्वता पूरा गर्ने नसकेको उनीहरुको भनाइ छ।

हाल स्पेनमा १० हजारभन्दा बढी नेपालीहरु बसोबास गर्दै आइरहेका छन्। यसबाट पर्यटन क्षेत्रमा नेपाललाई फाइदा हुने देखिन्छ। नेपालीहरुको संख्या स्पेनमा दिनानुदिन बढ्दै गएको कारणले स्पेनमा नेपाली दूतावासको आवश्यकता रहेको उनीहरुको भनाइ छ ।

 

प्रकाशित: ८ फाल्गुन २०७३ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App