७ वैशाख २०८१ शुक्रबार
समाज

रुपन्देहीमा प्रहरी चौकीमाथि ढुंगामुढा, दुई थान हतियार लुटियो

काठमाडौं-  रुपन्देहीको दक्षिणी मर्चवार वडवलियामा रहेको प्रहरी चौकीमा स्थानीयले ढुगांमुढा प्रहार गरेपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त भएको छ। आक्रमणकारीले प्रहरीको हतियार समेत लुटेका छन्। उनीहरुले एक नाल एसएलआर राइफल, सोका १० राउण्ड गोली र दुइ थान म्याग्जीन र एक नाल ग्यास गन र त्यसका १४ राउण्ड सेल लुटेका छन्। प्रहरीका अनुसार लुटिएको एसएलआर र त्यसको दुइ थान खाली म्यागेजीन भने भेटिएको छ।

प्रहरीले शनिबार प्रदर्शनमा उत्रिएका २४ जना सिके राउतका कार्यकर्तालाई पक्राउ गरेको थियो। उनीहरुको रिहाइको माग गर्दै करिव दुइ सय स्थानीयले प्रहरी चौकीमा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनायो। आक्रमणमा परि ४ जना प्रहरी घाइते भएका छन्। भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस सहित १० राउण्ड हवाइ फायर गरेको छ।

सिके राउतका कार्यकर्ता र प्रहरीबिच शनिबार रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार स्थित मझगावामा झडप भएको थियो। झडपका क्रममा पाँच जना प्रहरी घाइते भएका थिए। प्रहरीले राउतका २४ जना कार्यकर्तालाइ नियन्त्रणमा लिएको थियो। शनिबार पनि स्थीती नियन्त्रणमा लिन ५  सेल अश्रुग्यास प्रहार गरीएको थियो। राउतका कार्यकर्ताले मझगावा नजिकै पर्सहवा चोकमा एउटा ट्रकमा आगजनी समेत गरेका थिए। राउतका कार्यकर्ताले मर्चवारको आर्दश उच्च मावि मझगावामा सिके राउतको रिहाइ र स्वतन्त्र मधेसको नारा सहित शनिबार  बिरोध कार्यक्रम गर्ने भनेर केहिदिन अघि देखिनै पर्चा पप्लेटिग गरेका थिए। रुपन्देही प्रहरीले कार्यक्रम नर्गन अनुरोध गर्दै नेपाल भारत सीमानाकामा कडाइ गर्दै सुरक्षा व्यवस्था कडा पारेको जनाएको थियो।

 

प्रकाशित: ८ फाल्गुन २०७३ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App