coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धारा एनजिओले दियो, पानी कसले दिन्छ ?

सिन्धुली- जिल्लामा भित्रिएका अगगिन्ती एनजिओले गाँउभरी धारा बनाइदिएपनि पानी अब कसले देला भन्ने चिन्तामा जिल्लाका दर्जनौ गाविस छन्। गाँउभरी धारा र इनारको कमी नभएपनि सिन्धुली जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा खानेपानीको हाहाकार मच्चिन थालेपछि स्थानीयमा यस्तो प्रश्न उब्जिएको हो।

चाहेजति पानी आकाशबाट नपर्दा र लामो समयको खडेरीले सदरमुकाम सिन्धुलीमाढीसहित जिल्लाको गर्तिर क्षेत्र कमलाखोँच क्षेत्रका हत्पते हषाही गाविसमा हाल खानेपानीका लागि विभिन्न गाँउ चाहर्नु पर्ने बाध्यता सिर्जना भएको छ। खानेपानीका इनार धारा गाँउभरी बाक्लै भएपनि हत्पते गाविसको रतनपुर भलुवाई लगायतका स्थानमा खानेपानीका लागि झन्डै तीन किलोमिटरको लामो दुरीको पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।

जिल्लामा भित्रिएका अगगिन्ती एनजिओले गाँउभरी धारा बनाइदिएपनि पानी अब कसले देला भन्ने चिन्तामा जिल्लाका दर्जनौ गाविस छन्।

 खानेपानीका लागि छिमेकी गाविस निपाने धाउनु पर्ने बाध्यता सिर्जना भएको हत्पते गाविसकी अनिता दनुवार बताउँछिन् उनका अनुसार गाँउको बीचमा रहेको इनार सुकेपनि हाल भलुवाहीका ३१ दनुवार परिवार हाल पानीका लागि अर्कै गाविस पुग्छन्। दनुवार समुदायमा उपभोगका लागि समेत पानीको धेरै दु:ख कष्ट भएकाले बस्तुभाउलाई पानी बोक्न निकै कठिनाई रहेको उनको भनाई छ । विहान हुने वित्तिकै हामी गाँउभरिका जम्मा भएर घरदेखी झन्डै तीन किलोमिटरको यात्रा गरेर तल्लो खुट्टेपानीबाट पानी ल्याउँछौ, अर्की स्थानीय तेजकुमारी पुलामीले भनिन्।

खानेपानीको समस्या हत्पते गाविसमा मात्र नभईसुख्खा मौसमका कारण यहाँ हिउँदयामसँगै एक दर्जन बढी गाविसमा खानेपानीको उस्तै समस्या हुन्छ। जिल्लाको दुम्जा झाँगाझोली, रातमाटा, सित्तलपाटी, मझुवा लगायतका गाविसमा खानेपानीको हाहाकार हुँदै गएको छ। बर्षायाममा प्रस्तस्त पानी नपरेर मुल नफुटेपछि हिउँदको सुरुवातसँगै खानेपानीको चिन्ता स्थानीयमा भएको छ। विगतको बर्ष भन्दा यस बर्ष बढी खानेपानी समस्या भएको स्थानीयको भनाई छ। गत वर्षमा नसुकेका खोला इनार कुवा लगायतका खानेपानीका स्रोतहरु यस वर्ष सुक्दै गएकाले बढी समस्या भएको स्थानीयबासिन्दा बताउँछन्। हर्षाही गाविसकी रिता दाहाललाई खानेपानी जुटाउन विहान वित्छ । उनी विहान विताएरै कमला नदीको पानी बोक्न बाध्य छिन्।

खानेपानीको समस्याबाट रिता मात्रै होइन हर्षाही गाविसका झन्डै आठसय घरपरिवार पीडित छन्। गाँउभरि खानेपानीका जताततै धारा इनार छन्, तर खानेपानी छैन, स्थानीय अञ्जु थापाले भनिन्–‘एक लोटा पानीको हाल सुनभन्दा बढी महत्व छ।'  विहानभरी मानिस र बस्तुभाउँलाई पानी बोक्दा प्राण नै जाला जस्तो हुने उनको भनाई छ। गाँउको विचमा भएको एउटामात्र कुवामा पानी भएकाले आधा रातदेखीनै पानी लिन लाइन लाग्नेको भिड हुने भएकाले जो पहिले पुग्यो उसले पानी ल्यायो होइन भने सुक्ने संभावना हुन्छ। दैनिक दुई–तीन घण्टा लगाएर कमला नदीको पानी बोकेर स्थानीय बासिन्दाले उपभोग गर्ने गरेका छन् ।

पानीको समस्याले घर बन्न ढिलाई

भूकम्प पीडितले पानीको अभावकै कारण घर बनाउन ढिलो भएको बताएका छन्। पानीको हाहाकार भएसँगै लामो दुरीबाट पानी ल्याएर घर बनाउने माटो मुछ्ने तथा सिमेन्ट बालुवा घोल्नुपर्ने भएकाले समस्या रहेको बताएका छन्। दुम्जाका सुर्यबहादुर दमाई घर बनाउन पानीको ठूलो समस्या रहेको बताउछन्। डिपीसी तहसम्मको काम पुरा गरेका दमाई पानीको समस्याकै कारण घर बनाउने काम तिब्र गतिमा अगाडी बढ्न नसकेको बताउँछन्। जिल्लाका विभिन्न गाविसमा एक साथ घर बनाउने काम थालिएपनि पानीको समस्याका कारण हाल धेरै घरहरु अपुरो रहेको स्थानीयको भनाई छ।

 

प्रकाशित: ८ फाल्गुन २०७३ १०:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App