coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

छलफल गर्न प्रधानमन्त्रीले फेरी मोर्चाका नेतालाई बोलाए

काठमाडौं- निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाका चार शीर्ष नेतालाई छलफलको लागि प्रधानमन्त्री निवास बोलाएका छन्। प्रधानमन्त्री दाहालले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई साँझ ७ बजे बालुवाटार बोलाएका हुन्।

मोर्चाका नेताहरु अहिले तमलोपा पार्टी कार्यालयमा बैठक बसिरहेका छन्। बैठक पछि शीर्ष नेताहरु प्रधानमन्त्रीलाई भेट्ने भएका हुन्। स्रोतका अनुसार प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरेमा सरकारसँगको सम्वन्ध विच्छेद गर्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा मोर्चाका नेताहरु जुटेका छन्। यही विषयमा अहिलेको बैठक केन्द्रित भएको मोर्चाका नेता केशव झाले बताए।

शनिबार प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई भेटेर चुनावको मिति घोषणा गर्न लागेको जानकारी गराएका थिए। मोर्चाका नेताहरु भने चुनावको मिति घोषणा गरेमा आन्दोलनमा जाने चेतावनी दिँदै आएका छन्।

आइतबार विहान मात्रै प्रधानमन्त्रीले सत्ता साझेदा नेपाली कांग्रेससँग निवर्वाचनको तयारीको बारेमा छलफल गरेका थिए। यसैबारेमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बसिरहेको छ। कांग्रेस र माओवादी निर्वाचनको मिति घोषणा गर्न सहमत भएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७३ ११:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App