coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोरमा थुनिएका दुईको उद्धार

काठमाडौं- राजधानीको पानीपोखरी राष्ट्रपति भवनपछाडिको एक घरमा बन्धक बनेका सुस्त मनस्थितिका दुई जनाले उपचार पाएका छन्। गरिबीका कारण उपचार गर्न नसकेर घरमै बन्धक बनाइएका किशोरलाई आइतबार पाटन मानसिक अस्पतालमा उपचार गराइएको हो।

घार्चे– ४ गुल्मी स्थायी घर भई राष्ट्रपति भवनपछाडि बस्दै आएकी सरस्वती रानाका २० वर्षीय छोरा सुनील रानालाई रूखमा बाँधेर राखिएको थियो। त्यस्तै, १५ वर्षीय छोरा अनिल राना विगत केही वर्षदेखि फलामको खोरमा थुनिँदै आएका थिए।

बाँधेर राखिएका दुवैलाई बिहीबार महिला बालबालिका कार्यालय काठमाडौं कार्यकारी अधिकृत अनिता अधिकारी, मानव अधिकारकर्मी दुर्गानाथ दाहाल र मानव आश्रमका अध्यक्ष रामजी अधिकारीको समूहले उद्दार गरेर सामाखुसीको मानवसेवा आश्रममा ल्याइएको थियो।

सरस्वती रानाले भने गरिबीकै कारण उपचार गर्न नसकेर छोराहरुलाई बाँधेर राख्नुपरेको बताइन्। 'आफैंले जन्म दिएका छोरालाई थुनेर राख्न कसलाई रहर लाग्छ र?' उनले भनिन्, 'काम नगरी खानै पुग्दैन। छिमेकीलाई चकचक गरेर सताउँछ भनेर नै बाँधेर राख्नुपरेको हो।' दैनिक मजदुरी गरेर गुजारा टार्ने भएकाले पनि छोराको उपचार गर्न नसकेको बताइन्।

गएको साउनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न जाँदा धेरै रकम लाग्ने बताएपछि त्यसै फर्किएको उनले बताइन््।

मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सरस्वतीका दुवै छोराको दयनीय अवस्था देखेर आश्रममा राखेको बताए। 'आइतबार पाटन मानसिक अस्पतालमा उपचार गरेर ल्याएका छौं,' उनले भने।

प्रकाशित: ९ फाल्गुन २०७३ ०३:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App