४ वैशाख २०८१ मंगलबार
कला

रहँदा बस्दा प्रेममा परेँ : जोली

एन्जलिना जोली

सन् सत्तरीको दशकमा क्याम्बोडियामा खमे रुज शासनका पालामा गरिएको आम नरसंहारबारे आफूले निर्माण गरेको चलचित्र ‘फस्ट दे किल्ड माइ फादर’बारे  एन्जलिना जोलीले सार्वजनिक अभिव्यक्ति दिएकी छिन्।

‘म यहाँ रहदाँ बस्दा यस ठाउँका मान्छेहरु सँगको प्रेममा परेँ। त्यसै समयमा मैले यहाँ धेरै इतिहास थाहा पाएँ र विश्वको फरक वास्तविकता बुझ्ने अवसर पाएँ। साँच्चैभन्दा यो मुलुक मेरो जागरणको माध्यम बन्यो। त्यसैले म कम्बोडियाप्रति कृतज्ञ छु’, उनले भनिन्।

‘यो चलचित्र एक बालकको नजरबाट निर्माण गरिएको हो’, उनले बीबीसीलाई प्रतिक्रिया दिँदै भनेकी छिन्। पीडाको समयमा कसरी खुलेर बोल्ने भन्ने यो फिल्मले सिकाउने उनको भनाइ छ।

उनी सन् २०१० मा चलचित्र निर्माणका क्रममा कम्बोडिया पुगेकी थिइन्। त्यही बेला उनले पूर्वी एशियाको सो देशबारे बढी जानकारी हाँसिल गरिन्। र एक कम्बोडयाली बालक म्याडसलाई आफ्नो जेठो छोराको रुपमा धर्मपुत्र नै बनाइन्।

‘म यहाँ रहदाँ बस्दा यस ठाउँका मान्छेहरु सँगको प्रेममा परेँ। त्यसै समयमा मैले यहाँ धेरै इतिहास थाहा पाएँ र विश्वको फरक वास्तविकता बुझ्ने अवसर पाएँ। साँच्चैभन्दा यो मुलुक मेरो जागरणको माध्यम बन्यो। त्यसैले म कम्बोडियाप्रति कृतज्ञ छु’, उनले भनिन्।

फस्र्ट दे किल्ड माई फादर भन्ने चलचित्र लुङ उङले लेखेको त्यही नामको पुस्तकमा आधारित् फिल्म हो।

उनी पाचँ वर्षकी हुदाँ तत्कालीन शासकले उनको परिवालाई आफ्नो घर छाड्न बाध्य बनाएका थिए। उक्त समयका शासक खुमे रुजले हत्या गरेर तथा अत्यधिक श्रम शोषण तथा भोकमरीले गर्दाे २० हजार मान्छेको हत्या भएको थियो। जुन त्यति बेलाको कूल जनसंख्याको एक चौथाइ थियो। 

‘मैले ठानेँ ४० वर्ष अगाडि यहाँ भएको द्वन्द्व र यहाँका जनतामा त्यति बेला परेको प्रभाव बारे अहिलेका मानिसहरुमा ज्ञान छैन। त्यही कुराको जानकारीका लागि यो फिल्म हेर्नुपर्छ’, जोलीले भनिन्।

यो अवधिमा बाँच्न सफल कतिपय मानिसहरुले आफ्ना छोराछोरीलाई केही पनि बताएनन्। 

 

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App