७ वैशाख २०८१ शुक्रबार
कला

जीवन शैली बदल्ने किताब

काठमाडौं–बागमती सफाइ महाअभियानका अभियन्ता एवं लाइफ कोच डा. राजु अधिकारीको ‘यस्तो होस् जीवनशैली’ नामक किताब राजधानीमा विमोचन गरिएको छ ।

एक कार्यक्रमबीच मानवअधिकारीवादी कृष्ण पहाडी, डा. सुन्दरमणि दीक्षित, डा. भगवान कोइराला, कलाकार शिव श्रेष्ठ, मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेश थपलिया र कलाकार मनोज गजुरेलले संयुक्त रूपमा किताब विमोचन गरे ।

शरीर र मन स्वस्थ राख्न हाम्रा ऋषिमुनिले महत्वपूर्ण उपाय सुझाए पनि त्यसलाई अहिले भुल्दै गएकाले जीवन अस्तव्यस्त बन्दै गएको विचार डा. अधिकारीले व्यक्त गरे । ‘सूचना–प्रविधिको प्रयोगले बाहिरी संसारमा धेरै परिवर्तन आएको छ, तर, दुर्भाग्यवश, मानिसले आफूभित्रको संसार भुल्दै गएको छ,’ उनले भने । स्वस्थ मानवका लागि खानपान, जीवनशैली र सकारात्मक चिन्तनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
आहारविहार र जीवनशैली स्वस्थ जीवनको कडी रहेको बताउँदै अधिकारीको किताब धेरैका लागि उपयोगी हुनसक्ने डा. कोइरालाले बताए ।  कलाकार गजुरेलले स्वस्थ जीवनका लागि बिहान उठेदेखि राति नसुतुन्जेलसम्म गर्नुपर्ने क्रियाकलापलाई किताबले सरल रूपमा समटेको जनाए । ‘जीवनशैली बदल्न चाहनेका लागि यो किताब गाइड बन्न सक्छ,’ उनले भने  ।

भारतको देव संस्कृति विश्वविद्यालय, हरिद्वारबाट योग विज्ञानमा पीएचडी गरेका अधिकारीका यसअघि योग र जीवनशैली सम्बन्धी तीन किताब प्रकाशित भइसकेका छन्  ।  

 

प्रकाशित: ९ फाल्गुन २०७३ ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App