७ वैशाख २०८१ शुक्रबार
कला

भैरहवाको ‘नेपाल फोटो प्रर्दशनी’ २० हजारद्वारा अवलोकन

काठमाडौं— फोटो पत्रकार क्लब(पिजे क्लब)को आयोजना तथा सिद्धार्थ होटल एशोसियसन सान र रुपन्देही क्रिकेट संघको सहयोगमा भैरहवामा चार दिनसम्म प्रदर्शन भएको ‘नेपाल फोटो प्रर्दशनी’२०७३ सम्पन्न भएको छ। 

अध्यक्ष विकास कार्कीका अनुसार प्रदर्शनीमा फोटो पत्रकार क्लब (पिजे क्लब)ले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ १२० तस्बिरहरु समावेश थिए।

क्लबका अध्यक्ष विकास कार्कीका अनुसार प्रदर्शनीमा फोटो पत्रकार क्लब (पिजे क्लब)ले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ठ १२० तस्बिरहरु समावेश थिए।

भैरहवामा भएको राष्ट्रिय पर्यटन प्रबद्र्धन, कृषि तथा औद्योगिक ब्यापार मेला स्थलमा आयोजित फोटो प्रदर्शनी २० हजार भन्दा बढीले अवलोकन गरेको प्रदर्शनीका स्थानीय सहजकर्ता सञ्चारकर्मी मनोरञ्जन शर्माले बताए। 

प्रदर्शनीमा रहेका फोटोहरुमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभेन्चर फोटो स्टोरी गरी सात विधाका उकृष्ट फोटोहरु रहेका कार्कीले बताए। देशभरका फोटो पत्रकार र स्वतन्त्र फोटोग्राफरले पठाएको ८ हजार फोटो मध्येबाट छानिएका उत्कृष्ट १२० तस्बिरहरु प्रदर्शनीमा थिए। 

फोटो प्रदर्शनी निकै उत्कृष्ट रहेको र यस्ले सबैको मन जित्न सफल भएको सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताए। फोटो प्रदर्शनीले यहाँ सञ्चालन भएको महोत्सबमा थप रौनकता प्रदान गरेको उनले जानकारी दिए। 

अवलोकनकर्ताले अघिल्लो वर्ष गएको भूकम्पका घटनाका फोटोहरु रुचिपूर्वक हेरेक थिए। महोत्सव स्थलमा निर्मित मायादेबी मन्दिर भित्र र परिसरमा फोटो प्रदर्शन भएको थियो। उक्त फोटोसँगै त्यहा बुद्ध जीवनीमा आधारीत फोटोहरु पनि लुम्बिनी विकाश कोष र लुम्बिनीका प्रचारक  चेतन पन्तले प्रदर्शनीका लागि राखेका थिए।
 
पिजे क्लबले यस्तै किसिमको फोटो प्रर्दशनी काठमाडौं र एक साताअघि चितवनको सौराहमासम्पन्न गरेको छ। यसपछि बिराटनगर, नेपालगञ्ज, धनगढी र पोखरामा प्रर्दशनी हुनेछ।  

प्रकाशित: ९ फाल्गुन २०७३ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App