८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

हिटलरको फोनको मुल्य कति ?

मेरिल्यान्ड-जर्मनीका पूर्वतानाशाह एडल्फ हिटलरले प्रयोग गरेको टेलिफोन सेट दुई लाख ४३ हजार डलरमा लिलाम भएको बिबिसीले जनाएको छ।

उक्त टेलिफोन सेट हिटलरले दोस्रो विश्वयुद्धका बेला प्रयोग गरेका थिए।

अमेरिकाको मेरिल्यान्डमा ‘एलेक्सजेन्डर हिस्टोरिकल अक्सन’ले आयोजना गरेको लिलामीमा उक्त सेट बिक्री भएको बताइएको छ । सेटको सुरुवाती मुल्य एक लाख डलर राखिएको थियो । हिटलरको नाम कुँदिएको रातो रंगको उक्त फोन सन् १९४५ मा बर्लिनमा रहेको हिटलरको बंकरबाट फेला परेको थियो । जर्मनीले सोभियत संघसँग आत्मसर्मपण गरेपछि सोभियत सैनिकले उक्त फोन उपहारका रुपमा बेलायती सैनिक बिग्रेडियर राल्फ रेनरलाई दिएका थिए ।  यसअघि उक्त लिलामी करिब ३ लाख डलरमा हुने अपेक्षा गरिएको थियो ।

 

 

प्रकाशित: १० फाल्गुन २०७३ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App