४ वैशाख २०८१ मंगलबार
समाज

रुखको टुप्पोमा १२ घन्टादेखि चितुवा (फोटो/भिडियो)

काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडि गोठाटारमा बिहान ६ बजे चितुवा देखियो। कुकुरको छाउरो मारेर खाइरहेको अवस्थामा स्थानीयले देखेका थिए।  टोलभरिबाट मान्छे हेर्न जम्मा भएपछि चितुवा नजिकैको रुख चढ्यो। 

मान्छेको भिड देखेर चितुवा दिउँसो रुख तल ओर्लन नसकेको विश्लेषण चिडियाखाना कर्मचारीले गरेका छन्। १२ घन्टा (साँझ ६ बजे) सम्म पनि चितुवा रुखमाथि नै छ।  

एकपछि अर्को गर्दै मान्छे हेर्न अाउने क्रम रोकिएन।

मंगलबार दिउँसो चितुवा पक्रन प्रहरी तथा चिडियाखानाका कर्मचारी परिचालनै भए। उनीहरुले चितुवा पक्रने अनेक प्रयत्न गरे। रुखको टुप्पोमा लुकेका कारण लठ्याउने औषधि हान्न गाह्रो पार्‍यो। गोली प्रहार गर्दा रुखबाट तल खसेर मर्ने सम्भावना देखिएपछि प्रहरी र चिडियाखाना कर्मचारीले चितुवा चलाएनन्। 

मान्छेको भिड देखेर चितुवा दिउँसो रुख तल ओर्लन नसकेको विश्लेषण चिडियाखाना कर्मचारीको छ। १२ घन्टा (साँझ ६ बजे) सम्म पनि चितुवा रुखमाथि नै छ।  

मान्छेको भिडभाड हटेपछि राति चितुवा ओर्लेर भाग्ने अपेक्षा प्रहरी, चिडियाखाना कर्मचारी तथा स्थानीयको छ। हेर्नुहोस् तस्विर तथा भिडियोः

भिडियो: प्रबीन कोइराला

सबै तस्विरः विजय गजमेर

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App