८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

महिला सक्षरता बढाउन प्रविधिको भुमिका महत्वपूर्ण

लण्डन—बेलायतको अन्तराष्ट्रिय विकास विभागले विश्वभरका गरिबिको रेखामुनी रहेका १ लाख ७५ हजार महिलालाई शिक्षित बनाउने उदेश्यले एकसय मिलियन युरो दिने घोषणा गरेको छ।

लण्डनमा सम्पन्न फस्ट गर्ल एजुकेशन फोरमको बैठकमा बेलायतले उक्त सहयोगको घोषणा गरेको हो । उसले विकट क्षेत्रमा इन्टरनेट सुबिधा उपलब्ध गराउन स्याटेलाइट ब्रोडब्यान्ड जडान गर्ने पनि जनाएको छ।

अन्तराष्ट्रिय विकास मामिला मन्त्री निक हर्डले महिला साक्षरता बढाउनु भने कै गरिबि मेटाउने एउटा उत्तम बाटो भएकाले आफूहरुले यो योजना सार्वजनिक गरेको बताए। साथै उनले यसका लागी आफूहले बजारमा आएका महिलाको पहुँचमा पुग्ने नयाँनयाँ प्रविधको प्रयोग गर्ने बताए। उनले केन्यामा बेलायत सरकारले ल्याएको यस्तै योजना सफल भएको पनि बताए। त्यहाँको २०० भन्दाबढि विद्यालयमा गरिएको योजना मार्फत साक्षरता स्तर १५ देखि २५ प्रतिशतले बढेको पनि बताए।
बेलायततले दिने उक्त सहयोग रकम अफ्रिकन मुलुक इथियोपिया, नाइजेरीया, मलावाई, रुवान्डाका साथै एसियन राष्ट्र अफगानिस्तान, म्यानमार र नेपालमा पनि उपलब्ध गराइने छ।

त्यस्तै च्यारीटि ग्लोवल पार्टनरसिप फर एजुकेशनकी प्रमुख जुलिया गिलार्डले महिलाहरुलाई शिक्षित बनाउदाँ बाल मृत्युदर घटेको, बालबच्चा र आमा दुबैको स्वास्थ्यमा उल्लेख्य सुधार आएको र बाल विवहाको दर पनि घटेको भन्दै यस्ता योजनाले छिटो आर्थिक विकास हात पार्न सहयोग गर्ने बताइन्।

विश्वमा अहिले पनि ६३ मिलियन महिला शिक्षाको पहुचबाट बाहिर रहेको र ती मध्य धेरै अफ्रिकन मुलुकका भएको पनि उनले बताइन्।
 

प्रकाशित: २४ असार २०७३ ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App