७ वैशाख २०८१ शुक्रबार
समाज

सरकारले गर्‍यो २० डिआईजीको सरुवा

काठमाडौं– प्रहरी महानिरीक्षक बढुवाका दावेदारको रुपमा चर्चामा रहेका नायब महानिरीक्षक (डिआईजी) प्रकाश अर्याललाई गृहमन्त्रालयले अपराध अनुसन्धान विभागको निमित्त प्रमुख बनाएको छ। यस्तै अर्का नायब महानिरीक्षक बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालयको निमित्त प्रमुख बनाइएको छ।

गृहमन्त्रालयले निर्वाचन अघि २० प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित ११ एआईजी अनिबार्य अवकाशमा गएपछि महत्वपूर्ण मानिएका यी स्थानमा प्रमुख पद रिक्त थियो। गृहमन्त्रालयले निर्वाचन अघि २० प्रहरी नायब महानिरीक्षकको सरुवा गरेको हो। मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट फागुन ९ गते गरेको सरुवा बुधबारमात्र सार्वजनिक गरिएको हो।

यस्तै प्रहरी प्रधान कार्यालय कार्य विभागमा मध्य क्षेत्रमा रहेका पशुपति उपाध्यायको सरुवा भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा देवेन्द्र सुवेदी, प्रवन्धमा माधवप्रसाद जोशी र अख्तियारमा रहेको प्रहरी महाशाखा प्रमुखमा कमलसिंह बमको सरुवा भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखमा मिङमार लामा, विमानस्थल प्रहरी प्रमुखमा पंकज श्रेष्ठ, बिशेष ब्युरो प्रमुखमा हेमन्त पाल र अन्वेषण तथा योजना निर्देशनालय प्रमुखमा गोविन्दप्रसाद निरौलाको सरुवा भएको हो।

महिला तथा बालबालिका सेवा निर्देशनालयमा बिजयकुमार भट्ट , अपराध अनुसन्धान बिद्यालयमा केदारमानसिंह भण्डारी र राष्ट्रिय सुरक्षा परिषदमा सुदिप आर्चायको सरुवा भएको हो।

मन्त्रालयले पाँचै बिकास क्षेत्रमा रहेका क्षेत्रिय प्रहरी प्रमुखको समेत सरुवा गरेको छ। मन्त्रालयले भर्खरै एसएसपीबाट डिआईजी बढुवा भएका रमेशकुमार भट्टराईलाई पूर्वको कमाण्ड सुम्पेको छ। यस्तै मध्यको कमाण्ड गणेश केसी, पश्चिमको कमाण्ड मधुप्रसाद पुडासैनी, मध्यपश्चिममा बिजयलाल कायश्थ र सुदुरपश्चिममा रोमेन्द्रसिंह देउजाको सरुवा भएको हो।
 

प्रकाशित: ११ फाल्गुन २०७३ १०:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App