६ वैशाख २०८१ बिहीबार
फोटो फिचर

भुंग्रोमा नाच्दै कुल पूजा (फोटो/भिडियो)

काठमाडौं— बारीमा दाउराको ठूलो चाङ बल्दै थियो। घरीघरी भगवान्‌को जयजयकार र निरन्तर मंगल धुनको झन्कारले चिसो रातलाई चिरिरहेझैं लाग्थ्यो। सेता धोती र कमिज लगाएका पुरुष बल्दै गरेको दाउराको चाङ झोस्दै गए। घरीघरी पूजारीको इसारामा अनेक हाउभाउ गर्थे। नजिकैको मन्दिरमा पूजाआजा गरी उनीहरू निस्किँदासम्म दाउराको ठूलो चाङ भर्भराउँदो भुंग्रोमा परिणत भइसकेको भयो।

नांगो पैतालाले आगोमाथि मानिस हिँडेको हेरेका कतिको डरले सासको गति रोकियो, कतिका आँखा आश्चर्यले चम्किला भए। भुंग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। आगोको भुंग्रो पूर्णरुपमा निभेर कोइला नबनेसम्म उनीहरू नाचिरहे।

मन्दिरबाट नाच्दै काम्दै निस्किएका उनीहरु एकाएक आगोको भुंग्रो खुट्टाले भत्काउँदै नाच्न थाले। कोही भुंग्रोमाथि दौडिन थाले। थुप्रोबाट भुंग्रा उछिट्टिएर यत्रतत्र छरिन थालेपछि हेर्नेको भीड चलमलायो। नांगो पैतालाले आगोमाथि मानिस हिँडेको हेरेका कतिको डरले सासको गति रोकियो, कतिका आँखा आश्चर्यले चम्किला भए। भुंग्रोमाथि नाच्नेलाई आगोले पोलेको कुनै आभास भएजस्तो देखिँदैनथ्यो। आगोको भुंग्रो पूर्णरुपमा निभेर कोइला नबनेसम्म उनीहरू नाचिरहे।

धेरैको जिज्ञासा थियो– यसरी भुंग्रोमाथि नाच्नेको पैतालाको हालत के भयो होला? पछि नाच्नेको पैतालामा आगोले पोलेको कुनै संकेत नदेखिँदा भने उनीहरू चकित भए।

कुलपूजामा धुपौरेको भूमिका निर्वाह गर्ने दीपक राउतअनुसार डांग्रे हुन कठिन तान्त्रिक परीक्षण पूरा गर्नुपर्ने प्रचलन  छ। ‘खली खानु डांग्रे हुने प्रक्रियाको अन्तिम परीक्षण हो,’ उनले भने।

कठिन परीक्षा

खली खाने डांग्रे लामो प्रक्रियाबाट छनोट हुन्छन्। ‘जोसुकै पनि डांग्रे हुने होइन । छनोटका लागि धामीले पूजा गर्दा जसको शरीरमा कुलदेवता चढ्छ, उनीहरू मात्र डांग्रे भएर खली खान योग्य हुन्छन्,’ दीपक राउतले भने।

तान्त्रिक विधिद्वारा धामीले विशेष पूजा गरेपछि कुलका मानिसको जिउमा कुलदेवता चढ्ने उनले बताए। कुलदेवता शरीरमा आएपछि उनीहरूलाई पटकपटक विभिन्न विधिबाट परीक्षण गरिन्छ। ती परीक्षण सफल रुपमा पार भएपछि अन्तिममा मात्रै खली खुवाएर डांग्रे बनाइन्छ।

खली खुवाउन आगोमा पस्नुअघि र खली खाइसकेपछि पनि कुलदेवताको मन्दिरमा पूजा गरिन्छ। नयाँ डांग्रेले खली खाएपछि केही दिनभित्रै उनीहरूबाट कुलपूजा समेत गराउने चलन रहेको लक्ष्मण राउतले बताए। डांग्रे भएको व्यक्तिले कुलमा हुने सबै पूजाको नेतृत्व गर्ने चलन छ।

शब्द: शान्ति लामा, फोटो/भिडियो: प्रबीन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App