७ वैशाख २०८१ शुक्रबार
समाज

उल्थाका नाममा नक्कली प्रमाणपत्रको कारोबार

काठमाडौं– विदेशबाट प्राप्त गरेका सवारीचालक अनुमति पत्र, सिफारिस पत्र र अनुभव पत्र नेपालीमा उल्था गर्ने बहानामा नक्कली बनाउने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।
 
महानगरीय प्रहरी परिसर ललितपुरले यातायात व्यवस्था कार्यालय परिसरबाट रामबहादुर स्याङतान र धड्कन बललाई पक्राउ गरेको हो। परिसरका निमित्त प्रमुख एसपी अशोक सिंहका अनुसार दुबैले परिसरमा सवारी चालक अनुमति पत्रका लागि आउने सेवाग्राहीलाई प्रभावमा पारेर सरकारी कागजपत्र नै किर्ते गरिरहेका थिए। एसपी सिंहले दुबैलाई सरकारी छाप किर्ते दस्तखत मुद्दामा कारवाही अघि बढेको बताए।
 
सरकारी कार्यालयका कोठा–कोठामा सरकारी कर्मचारी सरह कुनै रोकटोक काम गर्ने स्याङतान र बलका साथबाट किर्ते गरिएका कागजपत्र र करिब ८५ हजार समेत बारमद भएको छ।

परिसरका डिएसपी ईश्वर कार्कीका अनुसार दुबैले सेवाग्राहीलाई छिटो, छरितो काम गरिदिने भन्दै नक्कली सवारी चालक अनुमति पत्र र विदेशबाट प्राप्त भएका सवारी चालक अनुमति पत्रलाई उल्था गर्ने भन्दै  किर्ते कागजातहरु बनाई रकम असुल्ने गरेका थिए।

प्रकाशित: ११ फाल्गुन २०७३ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App