coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

इस्ट्राग्रामलाई पछि पार्दै स्न्यापच्याट बन्यो लोकप्रिय सामाजिक सञ्जाल

क्यालिफोर्निया– सामाजिक सञ्जाल स्न्यापच्याटले युवापुस्ताहरु माझ लोकप्रियताका आधारमा इस्ट्राग्रामलाई पछि पारेको न्यु पाइपर जाफरीले निकालेको अध्ययनले जनाएको छ।

उक्त संस्थाले १४ देखि १९ वर्ष उमेरसमुहका ६ हजार ५०० अमेरिकी किशोरकिशोरीहरुमाझ गरिएको अध्ययनमा २८ प्रतिशतले स्न्यापच्याट प्रयोग गर्ने बताएका थिए भने २७ प्रतिशतले इस्ट्राग्रामको प्रयोग गर्ने बताएका थिए।

इस्ट्राग्राम विगत दुई वर्षदेखि लोकप्रिय सामाजिक सञ्जालको रुपमा रहदै आएको थियो। गत दुई वर्षमा इस्ट्राग्राम प्रयोग गर्ने युवाहरु क्रमशः ३२ र ३३ प्रतिशत रहेका थिए। स्न्यापच्याटलाई गत वर्ष १३ प्रतिशतले मात्रा प्रयोग गर्ने गरेको बताएका थिए।  ट्विटर र फेसबुक क्रमश तेस्रो र चौथो स्थानमा रहदाँ याहु भने पाचौं स्थानमा रहेको थियो।

फेसबुकले आफ्नो प्रयोगकर्ताको संख्या बढाउन सन् २०१२ मा १ विलियन डलरमा इस्ट्राग्राम किनेको थियो भने सोही वर्ष ३ विलियन डलरमा स्न्यापच्याट खरिद गर्न प्रस्ताव गरेको थियो। तर स्न्याप च्याटले भने उसको यो प्रस्ताव अस्विकार गरेको थियो।

 

प्रकाशित: २४ असार २०७३ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App