८ वैशाख २०८१ शनिबार
खेल

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

एडिलेड- लेग स्पिनर एडम जम्पाले तीन विकेट लिएपछि अस्ट्रेलियाले बुधबार श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट ४१ रनले जित्दै शंृखला क्लिन स्विप हुनबाट जोगाएको छ।

जम्पाले २५ रन खर्चेर महŒवपूर्ण विकेट लिए।  मेलबर्नमा सम्पन्न पहिलो तथा जिलोङमा सम्पन्न दोस्रो खेलमा उनी टोलीबाहिर रहेका थिए, जुन खेल जित्दै पाहुना टोलीले अन्तिम खेलअगावै तीन खेलको शंृखला कब्जा गरेको थियो।

टस हारेपछि ब्याटिङका लागि आएको घरेलु टोलीले ओपनरद्वय आरोन फेन्च र मिचेल किंगनरको अर्धशतकमा निर्धारित २० ओभरमा ६ ओभरको क्षतिमा १ सय ८७ रनको योगफल खडा गरेको थियो।

तर पाहुना टोलीले पहिलो र दोस्रो खेलमा गरेको प्रदर्शनलाई निरन्तरता दिन सकेन। श्रीलङ्काले अन्तिम बलमा लक्ष्य भेट्टाउँदै दुवै खेल जितेको थियो। जबाफी ब्याटिङका लागि उत्रिएको पाहुना टोली २ ओभरअगावै १ सय ४६ रनमा अलआउट भएको थियो।

ओपनर दिलसान मुनाविराले २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३७ रन जोडेपछि श्रीलङ्काले राम्रो सुरुआत गरेको थियो। तर चौथो ओभरको समाप्तिमा ४१–० को स्थितिमा रहेको पाहुना टोलीले लय गुमाउँदा १० ओभरको समाप्तिमा ७६–४ को स्थितिमा थियो।

जाम्पाले १०औं ओभरका म्यान अफ दी सिरिजसमेत रहेका असिला गुणरत्नेलाई ४ रनमा एलबिडब्लुको सिकार बनाएपछि पाहुना टोली थप समास्यामा परेको थियो।

पाहुना टोलीका मिलिन्डा सिरिवर्द्धनेले ३५ रन जोड्नुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

तीव्र गतिका बलर जेम्स फल्कनरले २० रन खर्चेर ३ विकेट लिए। अस्ट्रेलियाविरुद्धको पछिल्लो ६ ट्वान्टी–२० खेलमा श्रीलङ्काको यो पहिलो हार हो।

यसअघि मुनाविराले क्याच छोड्दा जीवनदान पाएका कप्तान फिन्चले ३२ बलमा तीन छक्का र ४ चौकाको मद्दतमा ५३ रन जोडे भने ४३ बलको सामना गरेका किग्नरले ६ चौका र १ छक्काको मद्दतमा ६२ रन जोडेका थिए।

उनीहरूले पहिलो विकेटका लागि ७९ रनको साझेदारी गरेका थिए। त्यस्तै ट्रार्भिस हेडले १६ बलमा ३० रन र बेन डकले २० बलमा २८ र जोडे।

श्रीलङ्काका लासिथ मालिंगाले ३५ रन खर्चेर २ विकेट लिए।

प्रकाशित: १२ फाल्गुन २०७३ ०३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App