८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

एप्पलले अंग दानका लागि स्वास्थ एप ल्याउँदै

काठमाडौं– विश्व बजारमा सर्वाधिक लोकप्रिय मोबाइल कम्पनी एप्पलले  छिटै स्वास्थसम्बन्धी  नयाँ एप ल्याउने जनाएको छ। यसै वर्षको अन्त्य सम्ममा प्रयोगमा  ल्याइने उक्त स्वास्थ एपमा साइइ अप गरेर  आइफोनका प्रयोगकर्ताहरुले अंग दाता बन्नका लागि रजिस्टे«शन गर्न  सक्ने कम्पनीले जनाएको छ । प्रयोग गप्रयोगकर्ताहरुले आखाँ र टिस्य¬ दान गर्न सक्नेछन् ।

कम्पनीले प्रयोगकर्ताहरुहरुले रजिस्टे«शनमार्फत उपलब्ध गराएको जानकारीहरु गैरनाफाम¬लक सँस्था डोनेट लाइफ अमेरिकाले संचालन गरीरहेको नेशलन डोनेट लाइफ रजिस्ट्रिमा बुझाउने छ।

उक्त स्वास्थ एप एप्पलले चाँडै नै बजारमा ल्याउन लागेको आइओएस १० को फिचरका रुपमा रहने छ।
एप्पलका सीइओ जेफ विलियम्सले मंगलबार एक विज्ञप्ति जारी  गर्दै एप्पल प्रयोगकर्ताले स्वास्थ एपको प्रयोग गरी  अंग दानसम्बन्धी  शिक्षा र जनचेतना  दिइने बताएका छन् ।

त्यस्तै एप्पलले आफ्नो फिजीकल स्ट्याटसका बारेमा जानकारी दिने अन्य टेक्नोलोजकिो पनि विकास गरेको जनाएको छ। उसले एप्पल वाच, रिर्सचकिट र केयरकिटको विकास गरेको जनाएको छ।

एप्पल वाच इलिपेटिक सिजुरको अवधी र तीव्रताका बारेमा जनाकारी दिने छ । त्यस्तै रिर्सचकिटले भने अंगदान तथा स्वास्थ योजना र शिक्षाका बारेमा जानकारी उपलब्ध गराउने छ। आफ्नो व्यक्तिगत  स्वास्थका बारेमा जनकारी दिने छ।

 

प्रकाशित: २४ असार २०७३ १०:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App