८ वैशाख २०८१ शनिबार
समाज

मेनपावर व्यवसायीलाई राजदूत बनाएको भन्दै विरोध

खोटाङ- मेनपावर व्यवसायीलाई ओमन र यूएईको राजदुत सिफारिस गरेको भन्दै आप्रबासी हकहित संरक्षण केन्द्र खोटाङले विरोध जनाएको छ। सरकारले मेनपावर व्यवसायी शर्मिला पराजुलीलाई ओमन र अर्का मेनपावर व्यवसायी आशा लामालाई यूएईको राजदुत सिफारिस गरेकामा आप्रबासी संरक्षण केन्द्रले विरोध जनाएको हो।

बिहीबार बिज्ञाप्ती जारी गर्दै केन्द्रले बिदेश जानेक्रममा हुने ठगी, शोषण, बेचबिखनलगायतका विकृतिलाई हटाएर वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउनका लागि मेनपावर व्यवसायी पृष्ठभूमी भएका व्यक्तिबाट सम्भव नभएकाले विरोधमा उत्रनुपरेको जनाएको छ।

नाफामूलक संस्था चलाएर कामदार सप्लाई गर्ने व्यक्तिले वैदेशिक रोजगारका लागि विदेसिएका कामदारको हकहितमा काम नगर्ने भएकाले राजदूत नियुक्तिमा पुःर्नविचार गर्नुपर्ने आप्रबासी हकहित संरक्षण केन्द्र खोटाङका अध्यक्ष चित्रकुमार राईले बताए।

'कामदारलाई ठगेर नाफा कमाउने व्यक्तिबाट कामदारको पक्षमा काम हुने कल्पनासम्म गर्न सकिन्न,' अध्यक्ष राईले भने, 'गन्तव्य मुलुकमा राखिएका कूटनीतिक निकायमा रहने व्यक्ति चुस्त दुरुस्त हुनुपर्छ।' कामदारको हकहितका पक्षमा काम गर्नसक्ने क्षमता भएका व्यक्तिलाई गन्तव्य मुलुकको राजदूत बनाइनुपर्ने केन्द्रको माग छ।

मेनपावर व्यवसायी रहेका पराजुली र लामालाई फागुन ८ गतेको मन्त्रिपरिषद बैठकले राजदूतमा सिफारिस गरेको थियो।

प्रकाशित: १२ फाल्गुन २०७३ ०६:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App