१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

डोजरले विद्यार्थी किचेपछि विराटनगरमा तनाव, प्रहरीद्वारा हवाइ फायर

विराटनगर- महेन्द्र मोरङ क्याम्पसमा अध्यनरत विद्यार्थी रुपेश यादवलाई डोजरले किचेपछि आक्रोसित भएका विद्यार्थी प्रदर्शनमा उत्रिएपछि नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको छ। यादवलाई किचेको डोजरमा आगो लगाएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर र लाठी प्रहार गरेको छ।

अनेरास्ववियूका सचिव ओसिम आलमले क्याम्पस परिसरमा प्रवेश गरेर प्रहरीले विद्यार्थीहरुमाथि अन्धाधुन्ध बल प्रयोग गरेको आरोप लगाए। उनले घाइते यादवको उपचार नभएसम्म आन्दोलन नरोकिने बताए।

महेन्द्र मोरङ क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययरत यादवको क्याम्पस गेटमा बाहिर रहेको डोजरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका छन्। उनको उपचार विराटनगरस्थित न्यूरो अस्पतालमा भइरहेको छ। क्याम्पसबाट घर फर्कने क्रममा गेट बाहिर रहेको डोजरले ठक्कर दिएको थियो।

आक्रोशित विद्यार्थीहरुले डोजरमाथि आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको प्रहरीसँग विद्यार्थीहरुको झडप भएको थियो। आगो नियन्त्रण गर्ने क्रममा प्रहरी र विद्यार्थीबीच भएको झडपमा १५ जना विद्यार्थी घाइते भएका छन्।

आक्रोशित विद्यार्थीले डोजरमा आगजनी गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। पक्राउ परेका चार जना विद्यार्थीलाई प्रहरीले नियन्त्रण मुक्त गरेपछि घटनाबारे छलफल गर्न सिडिओ कार्यालयमा बैठक बसिरहेको छ। अहिले स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले डोजर चालक ब्रिजेशकुमार गुप्तालाई पक्राउ गरेको छ।

विराटनगरमा नाला-ढल र छ लेन सडकको निर्माण एकै साथ भइरहेकाले यहाँ डोजरको प्रयोग अत्यधिक भइरहेको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App