७ वैशाख २०८१ शुक्रबार
अर्थ

ट्यांकर चालकको आन्दोलन स्थगित, पेट्रोलियम आपूर्ति सहज हुने

काठमाडौं– पेट्रोलियम ढुवानी मजदुरहरुले बिहीबारबाट आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । पेट्रोलियम ढुवानी विनियमावली २०७३ को अध्ययन गरी एक महिनाभित्र पेट्रोलियम ढुवानी मजदुरहरुले राखेको माग सम्बोधन गर्ने सहमति भएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । 

मजदुरहरुले आफ्ना माग पूरा गराउन फागुन १५ गते देशव्यापी रुपमा पट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी दिएका थिए । आन्दोलनकै कारण असहज हुने भनिएको पेट्रोलियम ढुवानी अब सहज हुने भएको छ । 

विनियमावलीले मापदण्डभन्दा बढी तेल हराएको पाइए हराएको तेलको बजार मूल्यभन्दा दोब्बर क्षतिपूर्ति तिराउने व्यवस्था गरेपछि ट्यांकर चालक तथा मजदुर आन्दोनमा उत्रिएका थिए । 

आन्दोलनको कार्यक्रम स्थगित भएसँगै अब पट्रोलियम आपूर्ति समस्या नहुने निगमका प्रवक्ता भानुभक्त खनालले बताए । 

प्रकाशित: १२ फाल्गुन २०७३ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App