७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतले हटायाे अतिरिक्त शुल्क, नेपाललार्इ राहत

काठमाडौं– भारतीय नाका हुँदै तेस्रो मुलुकबाट नेपाल ल्याइने सामानमा लगाइने साढे चार प्रतिशत रकममा भारतीय पक्षले छूट दिने भएको छ। कोलकोतास्थित नेपाली वाणिज्य दूतावासले यस्तो जनाकारी दिएकोे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।   

महावाण्ज्यि दूत एकनारायण अर्यालका अनुसार भारतले लगाएको करको व्यवस्था एक महिना पनि नबित्दै हटाएको हो। नेपाल सरकार तथा निजी क्षेत्रको लामो प्रयास र वकालतपछि त्यस्तो अतिरिक्त शुल्क हटाउन भारत बाध्य भएको हो।  

साढे चार प्रतिशत सेवा शुल्कलगायत अन्य कुनै प्रकारको कर नलगाउने विषयमा भारत सरकारले परिपत्र गरिसकेको महावाण्ज्यि दूत अर्यालले बताए । 

गत जनवरी १२ मा भारत सरकारले भारत हुँदै तेस्रो मुलकबाट आउने सामानमा अतिरितm सेवा शुल्क लाग्ने नीति ल्याएको थियो। त्यसले नेपाली व्यवसायीहरुले एक महिनामा नै करोडौं रुपैयाँ अतिरितm करको रुपमा भारत सरकारलाई तिर्नु परेको थियो। 

नेपाल उघोग वाणिज्य मञ्चका स्थल मार्गका अध्ययक्ष राजन शर्माका अनुसार व्यवसायीले तिरेको शुल्क पछि गरिने अरु कारोबारमा मिलाउनका लागि आफूहरुले अनुरोध समेत गर्ने बताएका छन्। 

अझै पनि यो अवस्था सन्तोषजनक नभएको र अन्य मुलुकहरुबाट सामान आयात गर्दा पाउने सेवा सुविधाको दाँजोमा यो कम नै भएको वाणिज्य दूतावासको भनाइ छ। भारतले त्यो भन्दा कम नै सुविधा नेपाललाई दिएको वाणिज्य दूत अर्याल बताउँछन् । 

अतिरिक्त शुल्क कटौती गर्दा नेपाली उपझोक्ताहरुलाई थप आर्थिक भार पर्नबाट मुतm हुन सक्ने भनाई सरकारी अधिकारीहरुको छ ।   

प्रकाशित: १२ फाल्गुन २०७३ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App