७ वैशाख २०८१ शुक्रबार
राजनीति

घोषित मितिमै स्थानीय तहको चुनाव हुन्छः मन्त्री शर्मा

रुकुम– उर्जा मन्त्री जनार्दन शर्माले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमको पाचौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सबै दलको माग चुनाव भएकाले पनि चुनाव गर्न समस्या नभएको उनले बताए।

स्थानीय निकायको चुनावका लागि सरकारले विभिन्न पक्षसँग समन्वय तथा संवाद भई रहेको बताए। 
‘सरकारले २०७४ वैशाख ३१ गते स्थानीय निर्वाचनको मिति तोकिसकेको छ,’ मन्त्री शर्माले भने, ‘जुनसुकै शक्ति आइपरे पनि समयसीमा भित्रै निर्वाचन हुन्छ।’ 

स्थानीय निकासको चुनाव बिना गाउँको विकास सम्भव नभएको भन्दै उनले चुनाव विथोल्न कुनै शक्ति नलाग्न अनुरोध गरे। 

‘स्थानीय र प्रवेश चुनाव संघीयताको कार्यान्वयन हो,’ उनले भने, ‘संघीयता कार्यान्वयनमा सबैदल सहमत छन्।’ 

 

प्रकाशित: १२ फाल्गुन २०७३ ०९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App