४ वैशाख २०८१ मंगलबार
राजनीति

चुनावअघि नै संविधान संशोधन पारित हुन्छः मन्त्री नायक

काठमाडौं– कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले स्थानीय तहको निर्वाचनभन्दा अघि नै संविधान संशोधन विधेयक पारित हुने ठोकुवा गरेका छन्। 

‘वैशाख ३१ गते स्थानीय तहको निर्वाचन छ,’ मन्त्री नायकले भने, ‘त्यसपहिले नै संविधान संशोधन विधेयक पारित हुन्छ भन्नेमा कसैले शंका नगरे हुन्छ।’

नायकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संशोधन विधेयकमाथि छलफल गर्न दिने भनिसकेकोले आजैबाट संशोधन प्रस्तावमाथि छलफल सुरु हुने दाबी गरे। 

‘सकेसम्म सरकारले ल्याएकै प्रस्ताव पारित गर्ने प्रयत्न हुन्छ,’ उनले भने, ‘यदी भएन भने परिमार्जनसहित भए पनि प्रस्ताव पारित हुन्छ।’

मधेशी मोर्चाकै भनाई शतप्रतिशत लागू नहुने भन्दै निर्वाचनको वातावरण बनाउनको लागि तयार हुनुपर्नेमा जोड दिए। 

 

प्रकाशित: १२ फाल्गुन २०७३ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App