७ वैशाख २०८१ शुक्रबार
राजनीति

थारु, आदिबासी जनजातिले साथ दिए संशोधनमा दुईतिहाइ पुग्छः कर्ण

काठमाडाैं– मधेशी मोर्चाका नेतासमेत रहेका साद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नुपर्ने बताएका छन्। 

सरकारले संसदमा टेबुल गराएको संशोधन प्रस्तावमा उल्लेख गरिएका विषयहरु नागरिकता, भाषा र सीमांकन परिमार्जनसहित पारित गर्नुपर्ने उनले बताएका हुन्। 

‘नागरिकताको सवालमा वैवाहिक अंगीकृतलाई अधिकार दिने भनेको हो, भाषामा पहिले पाएको अधिकारलाई पनि खोसिएको छ,’ आरोप लगाउँदै उनले भने, ‘त्यसलाई सुनिश्चित गर्नुपर्छ।’

उनले मोर्चाले भनेजस्तो गरी प्रस्ताव परिमार्जनसहित पारित भए संविधान कार्यान्वयनमा साथ दिने बताए । 

‘सरकारले पानी खन्याइरहेको छ, तर कुन भाँडो हो भन्ने कुरा थाहा छैन,’ उनले भने। जबरजस्ती चुनाव गरिए आफूहरुले सकेको जबाफ दिने उनको चेतावनी छ।  

संशोधन प्रस्ताव पारित गराउन तपाईहरुसँग दुई तिहाई पुग्छ भन्ने प्रश्नमा उनले मधेश, थारु, जनजाति, आदिवासीलाई मतलव गर्नेहरुले साथ दिए दुई तिहाई पुग्ने बताए। 

 

प्रकाशित: १२ फाल्गुन २०७३ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App