coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

'घर'भन्दा पहिले ‘शौचालय’ बनाउँदै एनजिओ

धादिङको त्रिपुरश्वरमा बनाइएको पक्की शौचालय र व्याग्राउण्डमा भत्किएको घर । तस्बिरः शंकर श्रेष्ठ

धादिङ– भूकम्प पीडितहरुको पुनस्र्थापना र पुनर्निर्माणमा सघाउन धादिङका गाउँ पसेका गैरसरकारी सँस्थाहरु पीडितको घरभन्दा पहिले शौचालय बनाउन व्यस्त छन् ।

घर नहुँदा २१ महिना अघिदेखि त्रिपालको हटरामा कष्टसँग बसिरहेका भूकम्प पीडितलाई कुनै एनजिओले नगद पाँच हजार दिएर शौचालय बनाउन लगाएका छन् भने कुनै एनजिओले शौचालय बनाउन भन्दै पाँच हजार बराबरको सामाग्री दिने गरेका छन् । 

घर नहुँदा २१ महिना अघिदेखि त्रिपालको हटरामा कष्टसँग बसिरहेका भूकम्प पीडितलाई कुनै एनजिओले नगद पाँच हजार दिएर शौचालय बनाउन लगाएका छन् भने कुनै एनजिओले शौचालय बनाउन भन्दै पाँच हजार बराबरको सामाग्री दिने गरेका छन् । 

अहिलेको अवस्थामा भूकम्प पीडितको सबैभन्दा पहिलो आवश्यकता घर हो तर पुननिर्माणका लागि गाउँ पसेका एनजिओहरु भने आफ्नो अनुकुलता मिलाउँदै वितरणमुखी ढंगबाट बजेट सिध्याउन व्यवस्त बनेको भूकम्प पीडितहरुले गुनासो गरेका छन् । ‘सस्थाहरुले हाम्रो कार्यक्रम यहि हो, कार्यक्रमको मापदण्ड अनुसार तपाइहरुले काम गर्नै पर्छ भनेर थर्काउँछन्’ त्रिपुरेश्वरका नानीमायाँ सापकोटाले गुनासो गरिन् । शौचालय भन्दा पहिले घर बनाउने सहयोग गर्न पटक पटक आग्रह गरेपनि कार्यक्रमको नम्स बाहेक अन्य केही गर्न नसकिने भन्दै शौचालय नै बनाउन बाध्य गराएको उनले बताइन् ।   

भूकम्प पछि जिल्लाका ७ गाविसमा विभिन्न गैर सरकारी सस्था शौचालय बनाउन सक्रिय छन् । शौचालय बाहेक यस्ता एनजिओअरुले बाख्रा पालनको लागि गोठ सुधार, विउविजन वितरण लगायतका काम गर्ने गरेका छन् । 

नेपालभर २०१७ को अन्तिम सम्ममा खुल्ला दिशामुक्त क्षेत्र बनाउने सरकारको घोषणा अनुरुप जिल्ला विकास समिति धादिङले अभियानकै रुपमा ग्रामिण क्षेत्रका जनताहरुलाई शौचालय बनाउन ताकेता गरिएको सरोकारवाला निकायका प्रतिनिधिहरुले बताउने गरेका छन् । 

सरसफाइप्रतिको जनचेतना भन्दापनि संघसस्थाको सहयोग नलिँदा आगामी दिनमा फेरी सहयोग गर्दैनकी भन्ने त्रासले भूकम्प पिडितहरुले आफु त्रिपाल र बाँसका टहरामै बसेर भएपनि शौचालय बनाउने काममा लागेका हुन् । विनाशकारी भूकम्पपछि त्रिपाल र टहराहरुमा बस्नुपर्दा जतिसुकै सकस भएपनि एनजिओकै आग्रहमा घर भन्दा पहिले शौचालय बनाएको त्रिपुरेश्वरका नारायण अधिकारीले बताए । उनले भने– ‘घर बनाउने टुङगो लागेको छैन, बनाउन परिहाल्छ त्यसैले शौचालय बनाइसकेको छु ।’ उनले पक्की शौचालय बनाएका छन् ।

त्रिपुरेस्वर गाउँ विकास समिति लगायत धादिङका २५ वटा भन्दा बढी गाविसहरु अहिले खुल्ला दिशामुक्त गाविस घोषणा भइसकेका छन । भूकम्पमा परेर धादिङको करिव ८५ हजार घर संगै शौचालयहरु भत्किएपनि अहिले धेरैजसो गाविसमा घर भन्दा पहिले शौचालय बन्न थालेका छन् । 

२०१७ सम्म जिल्लालाइ नै खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने उद्देश्य र जिल्ला विकास समितिको योजना अनुरुप घर भन्दा पहिले शौचालय बनाउन पे्ररित गरिएको एनजिओका कर्मचारीहरुले प्रतिक्रिया दिएका छन् ।

भूकम्पपछि विभिन्न दातृ निकायका सहयोगमा सहयात्री समाज, फोकस नेपाल, एक्सन नेपाल, कोसोक नेपाल लगायतका स्थानीय एनजिओहरुले ट्वाइलेट कार्यक्रम गर्दै आएको छ । 


 

प्रकाशित: १२ फाल्गुन २०७३ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App