८ वैशाख २०८१ शनिबार
राजनीति

केयुको विद्यार्थी परिषदमा एमाले अखिलका लामा

काठमाडौं– काठमाडौं विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सुन्दर लामाको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयन भएको छ। सबै विद्यार्थी संगठनको प्रतिनिधित्व गर्ने सहमतिमा अनेरास्ववियुका लामाको नेतृत्वमा स्ववियु नयाँ कार्यसमिति निर्माण गरिएको जानकारी सो संगठनका प्रवक्ता सुदीप शर्माले दिए।

क्याम्पसमा बिहीबार भएको कक्षा प्रतिनिधिको बैठकबाट यस्तो निर्णय गरिएको हो। विद्यार्थी संगठनबीच भएको सहमतिअनुसार अनेरास्ववियुले सभापति, सहसचिव र कोषाध्यक्ष पाएको छ। यसैगरी  बहुमत स्ववियु सदस्य, नयाँ शक्ति पार्टी, नेतविक्रम चन्द निकट क्रान्तिकारी विद्यार्थी र माओवादी केन्द्र निकट क्रान्तिकारीले एक–एक उप–सभापति र सदस्य, नेविसंघको तर्फबाट सचिव, सहचिव सहित २ स्ववियु सदस्य रहने गरी स्ववियु गठन गरिएको हो।

फागुन १८ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुमा स्ववीयु निर्वाचन हुने तय भएको छ।

प्रकाशित: १२ फाल्गुन २०७३ १३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App