६ वैशाख २०८१ बिहीबार
प्रविधि

टेलिकमको शिवरात्रि अफरः २२ रुपैयाँमै १०० एमबी डाटा, १०० एमबी बाेनस

काठमाडाैं– नेपाल टेलिकमले शिवरात्रिका अवसरमा ‘फेस्टिभल डाटा अफर’ ल्याएको छ । 

उक्त अफरअन्तर्गत उपभाेक्ताले ७५ रूपैयाँमा १०० एमबी डाटा खरिद गरी गर्दा साेही १०० एमबी युट्युब डाटा बोनसस्वरुप प्राप्त गर्ने जनाएकाे छ। उक्क बाेनस डाटाकाे वैधता १५ दिनसम्म रहने जनाएकाे छ। 

त्यस्तै, १५० रूपैयाँमा २०० एमबी डाटा खरिद गरी २०० एमबी युट्युब डाटा बोनसस्वरुप ३० दिनसम्म प्रयोग गर्न सकिने छ। 

यसैगरी २२ रुपैयाँ ६० पैसामा १०० एमबी फेसबुक प्याकेज खरिद गरी पाँच दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। 
 

प्रकाशित: १२ फाल्गुन २०७३ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App