८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाली उत्पादन प्रवर्द्धन गर्न एनआरएनए जापानसँग सम्झौता

काठमाडौं— नेपाली उत्पादन निर्यात प्रवर्द्धन गर्न उद्योग मन्त्रालयले गैरआवासीय नेपाली संघ जापानसँग एक सम्झौता गरेको छ। द्विपक्षीय सम्झौतामा जापान भ्रमणमा रहेका उद्योगमन्त्री नवीन्द्रराज जोशी तथा एनआरएन जापानका अध्यक्ष सुदन थापाले हस्ताक्षार गरे। सो लिखित सम्झौतामा नेपाली उत्पादनलाई प्रचारप्रसार र प्रवर्द्धन गर्न गैरआवासीय नेपाली संघले सहयोग गर्ने उल्लेख छ।

प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सके नेपालका उधोगको विकास भई नेपालमा रोजगारीको अबसर समेत बढ्ने उनको भनाइ थियो।

नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, एनआरएनए उपाध्यक्ष भवन भट्ट र एनआरएनए एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा सम्झौता समारोहमा उपस्थित थिए। नेपाली उत्पादनको बजार विस्तारमा विश्वभरि छरिएको एनआरएन नेटवर्कले पहल गर्ने समारोहमा जानकारी दिइयो।

मन्त्री जोशीले यो कार्यका लागि नेपाल सरकारले विशेष सहयोग समेत गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रवासमा रहेका नेपालीहरूले विदेशी सामाग्रीको तुलनामा नेपाली सामाग्रीलाई प्रयोगमा ल्याउन सके नेपालका उधोगको विकास भई नेपालमा रोजगारीको अबसर समेत बढ्ने उनको भनाइ थियो। एनआरएनए जापानले गरेको पहिलो प्रस्तावमा नेपाली उत्पादनलाई प्रवासमा उपयोग तथा बजार विस्तारमा देखाएको पहल सकारात्मक रहेको भन्दै उद्योगमन्त्री जोशीले यो कार्यलाई अघि बढाउन उद्योग मन्त्रालय सधैँ तत्पर रहेको उल्लेख गरे।

एनआरएनए उपाध्यक्ष भवन भट्टले नेपालको पर्यटन प्रवर्द्धन सहित नेपाली उत्पादनलाई विदेशमा भित्र्याउने कार्यमा गैरआवासीय नेपालीहरु एकजुट भएर लाग्नुपर्ने धारणा व्यक्त गरे।

एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जापानमा नेपाली उत्पादनको प्रवर्द्धनमा सक्रिय सहयोग गर्ने जानकारी दिए।

प्रकाशित: १३ फाल्गुन २०७३ ०६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App