७ वैशाख २०८१ शुक्रबार
कला

'तिमीलाई माया गर्न'को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं— प्रकटकुमार शिशिरको शब्दमा गायक राज सिग्देलको आवाजमा रहेको गीत ‘तिमीलाई मायागर्न’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतको भिडियो निर्देशन दिपेन्द्र लामाले गरेका हुन्।

एल्बम उपस्थितिमा रहेको गीत तिमीलाई माया गर्नको संगीत तथा संगीत संयोजन योगेशकाजीले गरेका छन्। गीतको भिडियो निर्देशन दिपेन्द्र लामाले गरेका हुन्। लामाको निर्देशनमा बनेको चलचित्र घामपानी वैशाखमा रिलिज हुँदैछ।

म्युजिक भिडियोमा नायिका आशिष्मा नकर्मी र मोडल सुवास श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको छायाङ्कन ज्ञानेन्द्र शर्माले गरेका हुन् भने भिडियोको सम्पादन साहिल खानले गरेका छन्।

एल्बम उपस्थितिमा प्रकटकुमार शिशिरको एकल शब्द तथा गायक राज सिग्देलको एकल स्वर रहेका छ। २ महिनापछि सार्वजनिक हुने एल्बममा ५ वटा गीत रहने गीतकार प्रकटकुमार शिशिरले बताए।

भिडियो

प्रकाशित: १३ फाल्गुन २०७३ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App