६ वैशाख २०८१ बिहीबार
प्रवास

‘लुट २’ प्रिमियरका लागि दया र साैगात लन्डनमा

लन्डन—नेपाली फिल्म ‘लुट २’ को लन्डन ‘प्रिमियरका लागि नायकहरु दयाहाङ राई र सौगात मल्ल लन्डन आइपुगेका छन्। बिहीवार लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै उनीहरु पत्रकार सम्मेलनमा सहभागी भए। पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले ‘लुट २’ ले दर्शकहरुको मन जित्ने बताए।

निश्चल बस्नेत निर्देशित ‘लुट २’ को आइटम गीत ‘ठमेल बजार’ फिल्म प्रदर्शन अघि नै हिट भइसकेको छ। आयोजकका अनुसार ‘लुट २’ २५ फेब्रुअरीमा अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शन हुनेछ। ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी गरिएको छ।

अन्य मुभिको तुलनामा ‘लुट २’ प्रति दर्शकको धेरै ठूलो अपेक्षा रहेको उनले सुनाए। लुटको सिक्वेल चलचित्र ‘लुट २’ भएकाले दर्शकहरुले लुट चलचित्रकै नजरमा चलचित्र हेर्न सिनेमा घरमा आउन  दर्शकहरुलाई आग्रह गरे।

नायक सौगात मल्ल (हाकु काले) ले ‘लुट २’ निकै स्तरीय  फिल्म बनेको उल्लेख गरे। लुटभन्दा ‘लुट २’ ले व्यवसायिक रुपमा राम्रो सफलता हासिल गर्ने उनले दावी गरे।

‘लुट २’लाई वेलायतका विभिन्न सहरमा देखाइने गोर्खा वरियर्सले जनाएको छ। निश्चल बस्नेत निर्देशित ‘लुट २’ को आइटम गीत ‘ठमेल बजार’ फिल्म प्रदर्शन अघि नै हिट भइसकेको छ। आयोजकका अनुसार ‘लुट २’ २५ फेब्रुअरीमा अल्डरसटको प्रिन्सेस हलमा प्रदर्शन हुनेछ। ४ मार्चमा आसफोर्ड केन्टमा प्रदर्शनको तयारी गरिएको छ।

लन्डनमा ह्यारो सिनेमा हलमा मार्च ५ मा फिल्मको प्रिमियर हुनेछ। त्यतिबेला नायकहरु दयाहाङ राई र सौगात दुवै उपस्थित हुनेछन्। चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्म शाक्य, रिचा शर्मा, बिपीन कार्की, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भूमिका छ।

प्रकाशित: १३ फाल्गुन २०७३ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App