coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फेसबुकमा धम्की दिनेलाई दुई बर्ष जेल

न्होमपेन्ह- क्याम्बोडियाको स्थानीय एक अदालतले शुक्रबार एकजना २७ वर्षीय युवकलाई दुई वर्षको कारावासको सजायँ सुनाएको छ।

फेसबुकबाट क्याम्बोडियाका शक्तिशाली प्रधानमन्त्री हुन् सेनलाई धम्की दिएको आरोपमा उनलाई सो जेल सजाय भएको हो। गत हप्ता भएको अदालतको फौजदारी सुनुवाइमा पूर्वी प्रे भेङ्ग प्रान्तका बासिन्दा भेन सोफेप नामक ती व्यक्तिलाई दोषी सावित गरिएको थियो।

उक्त युवकले तीन दशकभन्दा बढी सयमसम्म कम्बोडियामा एकछत्र कठोर शासन गर्न सफल प्रधानमन्त्री हुन् सेन विरुद्ध फेसबुकमा धम्कीका शव्दले भरिएका ‘हुन् सेन आज तेरो मृत्युको दिन हो’ ‘खमेर बालबालिकाको कर्तब्य भियतनामी जनताको शिरच्छेदन नै हो’ जस्ता उग्रवादी नारा लेखेर आफ्नो फेसबूक एकाउन्टमा पोस्ट गरेका कारण गत अक्टोबर महिनामा ती युवकलाई पक्राउ गरी देशद्रोहको मुद्दा चलाइएको थियो।

मुद्दा चल्दै गएकोमा, प्रधानमन्त्रीलाई मार्ने प्रपन्च रचेको, जनता जनताबीच शत्रुता उत्पन्न गराई देशद्रोह गरेको भन्ने आरोपमा उक्त युवकलाई दुई वर्षको कारावासको सजाय तोकिएको न्होमपेन्ह अदालतका न्यायाधीश ली सोक्लेङ्गले बताए।

प्रधानमन्त्री हुन् सेनको शासनकालमा भ्रष्टाचार मौलाएको र मानवअधिकारको ब्यापक दुरुपयोग भएको भन्ने आरोपमा हिजोआज क्याम्बोडियाका युवा पुस्ता ६४ वर्षीय प्रधानमन्त्रीसँग रुष्ट छ।

फेसबूकजस्ता सामाजिक सञ्जालमा विश्वभरीका मानिसले सामान्य आक्रोश प्रकट गर्ने खालका साधारण शव्दहरु पोस्ट गर्छन्, उनीहरुको खास त्यस्तो कुनै कुत्सित उद्देश्य हुँदैन, तर यहाँ यस्तो सामान्य आक्रोश पोखेकै भरमा यसरी दुइदुई वर्षको जेल सजाय तोक्नु क्याम्बोडियाको अदालतको चरम अन्याय र जनताउपर कठोर ज्यादति हो भनी क्याम्बोडियाको मानवअधिकार संस्थाःक्याम्बोडियन सेन्टर फर ह्युमन राइट्सका कार्यकारी निर्देशक चाक सोफेपले अदालतको फैसला उपर आलोचना गरेका छन्। रासस/एएफपी

 

प्रकाशित: १३ फाल्गुन २०७३ १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App