८ वैशाख २०८१ शनिबार
अर्थ

'गमगढीदेखि रारासम्मको सडक कालोपत्रे गरिने'

मुगु– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले मुगु जिल्लाको सदरमुकाम गमगढी बजारदेखि ताल्चा विमानस्थल हुँदै रारातालसम्म पुग्ने १६ किलोमिटर मोटर बाटोको कालोपत्रे तत्काल सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

नेपाल दलित सङ्घ जिल्ला कार्य समितिको पाँचौँ जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गदै मन्त्री केसीले उक्त कुरा बताएका हुन्।  

पछिल्लो समयमा नेपाल कै ठूलो ताल हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएता पनि रारा पुग्ने सडक धुलाम्य र कच्ची हुँदा पर्यटकले सास्ती व्यर्होदै आएका छन् । 

जिल्ला सदरमुकाम गमगढीबाट रारा तालसम्म पुग्ने १६ किमी सडक मात्र भए पनि ग्राभेल र कालोपत्रे भएमा पर्यटकलाई धेरै सहज हुने र पर्यटक दोब्बरले बढ्ने अपेक्षा गरिएको छ। गत वैशाखदेखि कात्तिक मसान्तसम्म रारा घुम्न २५ हजार बढी आन्तरिक पर्यटक आएका छन्। 

कार्यक्रममा मन्त्री केसीले कर्णालीका दलित परिवारलाई आवास कार्यक्रमअन्तर्गत एक गाविसमा बनाउन लागिएको १० घरलाई बढाएर २० घर बनाउने प्रक्रिया अघि बढाउने पनि वचनबद्घता व्यक्त गरे।

गमगढी बजारलाई व्यवस्थित बनाउन योजना बनाएर काम अघि बढाउने पनि उनले बताए।  

सहरी विकास मन्त्रालयअन्तर्गत कर्णालीमा गरिने विकासको गुणस्तर र कार्य सहजका लागि कर्णालीका पाँचवटै जिल्लामा इन्जिनियरसहितको सव युनिट राखिने मन्त्री केसीले बताए।  

सो अवसरमा पूर्व शिक्षाराज्यमन्त्री हस्तबहादुर मल्लले देश सङ्घीयतामा गएको र मुगु जिल्लालाई तीन गाउँपालिका र एक नगरपालिका तोकिएकाले ग्रामीण क्षेत्रमा रहेका बजार विस्तारमा पनि सहरी विकास मन्त्रालयलाई ध्यान दिन आग्रह गरे। रासस 

प्रकाशित: १३ फाल्गुन २०७३ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App