coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

हिमालयन शेर्पा सेमिफाइनलमा

बुटवल- झापा ११ लाई शनिबार २–१ ले हराउँदै हिमालय शेर्पा क्लब १९औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। निकै प्रतिस्पर्धात्मक खेल निर्धारित सयम १—१ को बराबरीमा सकिएपछि थप समयतर्फ लम्बिएको थियो। चेतनकुमार थारूले ३७औं मिनेटमा गरेको गोलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो। त्यसको ४ मिनेट नबित्दै झापाका संजोग राईले बराबरी गोल फर्काए।

थप २० मिनेटको अन्तिम समयमा एलेक्सले गरेको गोल हिमालयनको जितमा निर्णायक बन्यो। एलेक्स म्यान अफ दी म्याच घोषित भए। आइतबार अग्नि रूपन्देही र धरान एफसीले प्रतिस्पर्धा गर्नेछन्।

२०३३ सालबाट सुरु भएको तिलोत्तमा गोल्डकप प्रतियोगितामा विभागीय तीन टिमसहित  अग्नि रुपन्देही ११, सिएमजी संकटा क्लब, धरान फुटबल क्लब, एचएम हिमालय शेर्पा क्लब, रमपम झापा ११  र सिक्किम क्लब गरी १० टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुनेले यस क्षेत्रकै सर्वाधिक राशि रहेको ५ लाख ५५ हजार ५ सय ५५ रुपियाँ र उपविजेताले ३ लाख ५५ हजार ५ सय ५५ रुपियाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ।

प्रकाशित: १५ फाल्गुन २०७३ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App