१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संशोधन विधेयक पारित हुन्छ, एमाले पनि आउँछ : देउवा

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- सत्तापक्षीय दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयक प्रस्ताव पारित गराउन विशेष पहल थाल्ने निर्णय निकालेको छ। संसदीय दलको कार्यलयमा दुई नम्बर प्रदेशका सांसदसँगको छलफलपछि पार्टी सभापति शेरबहादुर देउवाले संशोधनको पक्षमा एमाले पनि सामेल हुने बताए।

'संविधान संशोधन विधेयक हरहालतमा पास हुन्छ। त्यसका लागि नेकपा एमालेसँग पनि कुराकानी भइरहेको छ। संशोधन विधेयकमा एमाले पनि सहभागी हुन्छ,' सभापति देउवाले सञ्चारकर्मीसँग भने। 

उनले पार्टीको तर्फबाट कुनै संशोधन नलाने बताए। 'हामी पनि सरकारमा छौं। संशोधन सरकारले लान्छ। पार्टीको तर्फबाट कुनै संशोधन दर्ता हुँदैन,' उनले भने।

उनले स्थानीय तहको संख्याबारे पनि सरकारले गृहकार्य गरिरहेको बताए। 

प्रकाशित: १५ फाल्गुन २०७३ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App