coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

काठमाडौं –भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।

विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।  

‘पुननिर्माणमा सक्रिय भएर लागेको धुर्मुस सुन्तली फाउन्डेसनले गरिरहेको काम सहयोग पुगोस् भन्नका लागि पाँच लाख प्रदान गरेका हौं,’ विवेकशील नेपाली दलका प्रवक्ता रमेश पौड्यालले भने,‘भूकम्पपछि सुरु भएकोे राहत र उद्धार कार्यक्रमका लागि हामीलाई देश विदेशबाट प्राप्त भएको सहयोगको ठूलो हिस्सा त्यही काममा उपयोग भयो  उठेको कुल रकममध्ये बाँकी रहेको रकमको केही हिस्सा धुर्मस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हौं।’ 

विवेकशील नेपाली दलले भूकम्पपछि विभिन्न राहत र उद्धार कार्यक्रममा सक्रिय भएको थियो। 

‘विवेकशील नेपाली दलको सहयोगप्रति हामी कृतज्ञ छौं । हाल महोत्तरीको बर्दिबासमा निर्माण भैरहेको एकीकृत नमुना मुसहर बस्तीको काम अगाडि बढाउन यस रकम प्रयोग हुनेछ,’धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेलले भने।

 

प्रकाशित: १५ फाल्गुन २०७३ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App