५ वैशाख २०८१ बुधबार
राजनीति

मोर्चाद्वारा एमाले सभा बिथोल्ने प्रयास, झडपमा दुई घाइते

प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ता। तस्विरः मदन ठाकुर

रौतहट— स्थानीय निर्वाचन विरुद्ध रहेको मधेसी मोर्चाले बरिष्ठ एमाले नेता माधवकुमार नेपाल सहभागी आमसभालाई बिथोल्ने प्रयास गरेपछि रौतहट सदरमुकाम गौरमा झडप भएको छ। सुरक्षाकर्मीसँग भएको झडपमा एक सञ्चारकर्मीसहित दुई जना घाइते भएका छन्।

नेता नेपालले स्थानीय व्यापारी तथा समाजसेवी शम्भु साह सहितका व्यक्तिहरुलाई एमाले प्रवेश गराएका छन्। साह गौरका प्रभावशाली व्यक्ति मानिन्छन्।

गौरको ब्यारेक फिल्डमा एमालेले सभा आयोजना गरेको छ। कांग्रेस, माओवादी, मधेसवादी दलहरुबाट करिब एक सय एमाले प्रवेश गर्ने कार्यक्रम एमालेले राखेको थाहा पाएपछि मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रिएका थिए। नेता नेपालले स्थानीय व्यापारी तथा समाजसेवी शम्भु साह सहितका व्यक्तिहरुलाई एमाले प्रवेश गराएका छन्। साह गौरका प्रभावशाली व्यक्ति मानिन्छन्।

वीपी चोकमा मोर्चा कार्यकर्ताले प्रदर्शन गरेपछि नेता नेपाल शिक्षा कार्यालयको बाटो भएर कार्यक्रमस्थल पुगेका थिए।

एमालेको सभासम्म मोर्चाका कार्यकर्ता पुग्न नदिन गौरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड अश्रुग्यास प्रहार गरेको छ। प्रहरीको कुटाइबाट सञ्चारकर्मी प्रभातकुमार झा घाइते भएका छन्। उनी अंग्रेजी दैनिक द हिमालयन टाइम्सका रौतहट संवाददाता हुन्। नेपाल पत्रकार महासंघ राैतहटले एक विज्ञप्ति जारी गर्दै सञ्चारकर्मी कुटपिट गर्ने प्रहरीमाथि कारवाही माग गरेको छ।

घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ।

संविधान संशोधन नगरी निर्वाचन गराउन एमालेको मुख्य भूमिका रहेका कारण एमाले नेतालाई कालोझन्डा देखाउने प्रयास गरेको मोर्चा नेता अनिल सिंहले बताए।
 

प्रकाशित: १५ फाल्गुन २०७३ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App