४ वैशाख २०८१ मंगलबार
राजनीति

आठ प्रदेशको माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता

काठमाडौं- आठ प्रदेशको माग गर्दै संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता भएको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी र सिराहा राखेर आठौं प्रदेश बनाउनु पर्ने प्रदेशमा माग गरिएको छ।

विजय गच्छेदार नेतृत्वको फोरम लोकतान्त्रिकले संसदमा संविधानको आठौं संशोधन प्रस्ताव दर्ता गराएको हो।

संविधानको अनुसूची ४ मा संशोधन माग गर्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराइएको हो।

जस अनुसार प्रदेश नं १ बाट झापा, मोरङ, सुनसरी र उदयपुरलाई झिक्न माग गरिएको छ। यस्तै प्रदेश २ बाट सप्तरीलाई निकाल्नु पर्ने भनिएको छ। चितवनको तल्लो खण्डलाई प्रदेश नं ३ बाट हटाउन संशोधनमा भनिएको छ। प्रदेश नं ४ मा पाल्पा, अर्घाखाँचफ, गुल्मी, रुकुमका पूर्वी भाग, रोल्पा र प्युठानलाई थप्न भनिएको छ। यस्तै ४ नम्वर प्रदेशमा सुस्ता पूर्व बर्दघाटलाई झिकेर संशोधन गर्न माग गरिएको छ।

५ नम्बर प्रदेशमा कञ्चनपुर, कैलाली, नवलपरासीको बर्दघाट सुस्ता पूर्वको भूभाग र चितवनको तल्लो खण्डलाई थप्नु पर्ने जिकिर गरिएको छ। पाल्पा, अर्घाँखाँची, गुल्मी र रुकुमको पूर्वी भागलाई हटाउन माग गरिएको छ। ७ नम्बर प्रदेशबाट कैलाली र कञ्चनपुरलाई हटाउन भनिएको छ।

फोरम लोकतान्त्रिका सांसद योगेन्द्र चौधरीले संशोधन प्रस्ताव दर्ता गराएका थिए। प्रस्तावको समर्थनमा थारुहट तराई पार्टी, सांघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थारुहट), दलित जनजाती पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक रहेका छन्।

माओवादी केन्द्रका जाकिर हुसेन, कांग्रेसका भरत खड्का र माओवादी केन्द्रका टोप बहादुर रायमाझीले समेत संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७३ १०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App