४ वैशाख २०८१ मंगलबार
राजनीति

कांग्रेस र माओवादी सांसदले पनि संशोधन प्रस्ताव दर्ता गराए

काठमाडौं-  प्रदेश नं चार र पाँचको सीमान हेरफेर गर्न नहुने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ। माओवादी केन्द्रका टोप बहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, धनराज गुरुङ र अमरसिंह पुनले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका हुन्। उनीहरु प्रदेश पाँच र चारको प्रस्तावित नयाँ सिमाङकनको विपक्षमा रहँदै आएका छन्।

प्रदेश ४ अन्तर्गतका गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत,  स्याङजा,  म्याग्दी,  बाग्लुङ,  पाल्पा,  गुल्मी, अर्घाखाँची, नवलपारसी (बर्दघाट सुस्ता पूर्व) , रोल्पा, प्युठान र रुकुम (पूर्वी भाग) र प्रदेश ५ अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम) , रुपन्देही, कपिलबस्तु, दाङ, बाँके र बर्दियाको सिमाना संशोधन गर्दा संघीय संसद र सम्बन्धित प्रदेश सभाको सहमतिले संशोधन गर्न सक्ने भन्ने बाक्यांश राखिनुपर्ने प्रस्तावमा उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०७३ ११:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App