coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फकाएर बालिका करणी प्रयास गर्ने पक्राउ

उदयपुर— बालिका बलात्कार गर्ने प्रयास गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको कटारी १ बेलसोतमा अस्थायी बसोबास गर्दै आएका धनुषा पर्साई गाविस १ का ५३ वर्षे राम साह शनिबार राति पक्राउ परेका हुन्।

अघिल्लो राति साहले स्थानीय एक ७ वर्षीया बालिकालाई ललाई फकाई करणी गर्ने प्रयास गरेका थिए। परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी बेलसोतले उनलाई पक्राउ गरेको हो।

साहलाई इलाका प्रहरी कार्यालय कटारीमा बुझाइएको चौकीले जनाएको छ। प्रहरीका अनुसार साहले बालिकामाथि जवरजस्ती गर्ने गरेको थाहा पाएका परिवारले प्रहरीलाई खवर गरेपछि टोली पुग्दा उनी करणी प्रयास गर्दै गरेको अवस्थामा फेला परेको इप्रकाका डिएसपी चिरन्जिवी कोइरालाले बताए।

पक्राउ साहमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ। बालिकाको स्वास्थ्य परीक्षण गर्न सिरहाको लाहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७३ १३:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App