८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस ध्वस्त हुने खतरा छः महामन्त्री कोइराला

महामन्त्री डा.कोइराला। फाइल तस्विर

दाङ— नेपाली काग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीभित्रको आन्तरिक गुटबन्दीले स्थानीय निर्वाचनमा कांग्रेस ध्वस्त हुने खतरा बढेको बताएका छन्।

‘एमालेलाई हारिने डर छ। माओवादीलाई पलायन भइएला भन्ने भय छ,’उनले भने ‘त्यसैले उनीहरुले चुनाव नचाहेको यथार्थ हो।’

‘एमालेलाई हारिने डर छ। माओवादीलाई पलायन भइएला भन्ने भय छ,’उनले भने ‘त्यसैले उनीहरुले चुनाव नचाहेको यथार्थ हो।’

स्थानीय निर्वाचनमा संविधानसभा निर्वाचनको बर्चश्व कायम राख्न ‘गुट’ अन्त्य हुनै पर्ने उनले बताए। ‘पछिल्लो संविधानसभाको निर्वाचनमा पार्टीले हाँसिल गरेको वर्चश्वलाई स्थानीय निर्वाचनमा कायम राख्न ग्रुपीजमलाई तोडिदिनुस्,’आईतवार दाङमा कार्यकर्ता भेटघाटमा महामन्त्री कोइरालाले भने ‘अन्यथा कांग्रेस ध्वस्त हुन्छ।’

चुनावको मिति घोषणा भइसकेको अवस्थामा बिगतका तिक्तता र गु्रपिजम छोडेर चुनावको तयारीमा खट्न उनले कार्यकर्तालाई निर्देशन दिए। एमालेले हार्ने र माओवादी चुनावपछि पलायन हुने डरले चुनावमा जानै नहाचेको उनको दाबी थियो।

‘एमालेलाई हारिने डर छ। माओवादीलाई पलायन भइएला भन्ने भय छ,’उनले भने ‘त्यसैले उनीहरुले चुनाव नचाहेको यथार्थ हो।’ आगामी मंसिर अघि नै तीन चरणको निर्वाचन सकिने र त्यसपछि सम्वृद्ध नेपालको गुरुयोजना बनाई देशलाई विकासतर्फ अघि बढाउनुपर्ने उनको भनाइ थियो।

एक अर्को प्रसंगमा उनले ५ नं प्रदेशमा देखिएको सिमांकन विवाद जनताको सुझावबिना समाधान गर्न नसकिने उल्लेख गरे।
 

प्रकाशित: १५ फाल्गुन २०७३ १३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App