coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साईप्रस पठाउने भन्दै ४२ लाख ठग्ने पक्राउ

काठमाडौं– प्रहरीले अध्ययनका लागि साईप्रस पठाउने भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा गोंगवुमा रहेको वेस्र्टन वृज एजुकेशनल कन्सल्टेन्सीका संचालक युवराज गजुरेललाई पक्रेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार  साईप्रस स्थित मिओसिस कलेजमा भर्ना गर्ने भन्दै गजुरेलले प्रकाश ओली, गोबिन्द ओली, उज्जवल अधिकारी र सन्तोष आचार्यलाई प्रलोभनमा पारी ४२ लाख १९ हजार रुपैयाँ ठगी गरेका थिए ।

महाशाखाले अनुसन्धानका लागि बिहीबार पक्राउ गरेका गजुरेललाई थप कारवाहीका लागि आईतबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

प्रकाशित: १५ फाल्गुन २०७३ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App