१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन घोषणा उल्टो बाटो : डा.भट्टराई

डा.बाबुराम भट्टराई। फाइल तस्विर

रुकुम– नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले स्थानीय तह चुनाव घोषणा गरेर सरकारले आफ्नो आयु मात्र लम्ब्याउन खोजेको आरोप लगाएका छन्।

भट्टराईले संविधान संशोधन गरेर चुनाव मिति तोक्नुपर्नेमा मा सरकार उल्टो बाटो हिँडिरहेको बताए।

सदरमुकाम मुसिकोट खलंगामा आइतबार नेपाल पत्रकार महासंघ रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा  भट्टराईले संविधान संशोधन गरेर चुनाव मिति तोक्नुपर्नेमा मा सरकार उल्टो बाटो हिँडिरहेको बताए।

सरकारले आफ्नो आयु बढाउन मात्र चुनाव घोषणा गरेकाले तोकिएको मितिमा चुनाव असम्भव भएको बताए । ‘पहिला संविधान संशोधन गर्नुपर्छ’, पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अनि मात्र तीनै तहको चुनाव गर्नुपर्छ ।’

सबै शक्तिको सहमतिमा चुनाव हुनुपर्ने भन्दै उनले मधेसी मोर्चालाई बाहिर राखेर निर्वाचन सम्भव नहुने तर्क गरे। ‘कुनै शक्तिले गर्ने र कसैले बिथोल्ने स्थितिमा चुनाव हुन सक्दैन्,’ उनले भने, ‘त्यसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’ सहमतिको आधार संविधान संशोधन हुने उनले बताए।

उनले संविधान कार्यान्वयनका लागि सबै एक हुनुपर्ने धारणा राखे । संविधानअनुसार तीन तहको निर्वाचन भएमात्र देशमा आमूल परिवर्तन आउने उनको दाबी थियो । उनले माघसम्म तीनै तहको चुनाव हुन नसके देश दुर्घटनामा पर्ने निश्चित भएको  जिकिर गरे ।

भट्टराईले कांग्रेस, एमाले र माओवादी केन्द्रले सत्ताको भागबन्डाका लागि चुनावलाई प्रयोग गरेको आरोप पनि लगाए । ‘जब चुनाव सत्ताको भागबन्डामा पर्छ,’ उनले भने, ‘तब देश खतरामा पर्छ ।’

प्रकाशित: १५ फाल्गुन २०७३ १४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App