coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

तराई मधेशमा दुई प्रदेश माग गर्दै संशोधन दर्ता

काठमाडौं- तराई–मधेसमा दुई प्रदेश हुनु पर्ने भन्दै मधेसी मोर्चा सम्वद्ध दलले संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।  लामो समयदेखि आन्दोलनमा रहेको मधेसी मोर्चामा सम्वद्ध दलहरुले तराईमा दुई प्रदेशसहितको संशोधन प्रस्ताव सचिवालयमा दर्ता गराएका हुन्। प्रत्येक प्रदेशवाट कम्तीमा १ महिला,एक दलित,एक जना अपाङ्ग समावेश हुनु पर्ने मोर्चाको संशोधनमा उल्लेख छ । प्रदेशवाट जनसंख्याको अनुपातमा ३५ जना सदस्य निर्वाचित हुने र त्यसमा १४ महिलाको प्रतिनिधित्व हुने व्यवस्था हु्नु पर्ने संशोधनमा उल्लेख छ । मोर्चाले दुई नम्वरमात्र नभई अन्य प्रदेशका जिल्लाहरु पनि विभाजन हुने प्रस्ताव गरेको छ।

प्रकाशित: १५ फाल्गुन २०७३ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App